घाईतेलाई हेलिकप्टरबाट काठमाण्डौं लगियो
नेपालगन्ज: कोहलपुर घटनालाई मत्थर बनाउन कर्फ्यु आदेश जारी गर्ने बारे बाँके प्रशासनमा सुरक्षा समितिको बैठक बस्दैछ ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायका अनुसार आइतबार दिउँसो ३ जबेर ५५ मिनेट जाँदासम कोहलपुरमा कर्फ्यु लगाइएको छैन् ।
यसका लागि भर्खरै बाँके प्रशासनमा सर्वदलियसहितको बैठक बस्दैछ । उनले भने ‘घटनाले ठूलो रुप लिएको कारण हामीले कर्फ्यु आदेश जारी गर्छौं यसका लागि बैठक बस्ने हो । तर, अहिले यस बिषयमा औपचारीक छलफल भइसकेको छैन् । उनकाअनुसार विभिन्न सञ्चार माध्यममा कर्फ्यु आदेश भने आएका सूचना गलत हुन । प्रशासनको आधिकारी सूचनाबाहेक मनपरी रुपमा सूचना सम्प्रेषण नगर्न उनले सञ्चारकर्मीलाई आग्रह समेत गरेका छन् ।
उपचारका लागि दुई जनालाई हेलिकप्टर मार्फत काठमाडौ लगिएको छ । ट्रकले घाईते भएकी प्रकृति चन्द सहित एक जना अर्का घाईतेलाई काठमाडौ लगिएको हो ।
अन्यलाई समेत थप उपचारका लागि काठमाण्डौं लैजानका लागि अर्को हेलिकप्टर समेत कोहलपुर ल्याईने तयारी थालिएको बताईएको छ । आज दिनभर कोहलपुर तनावग्रस्त रह्यो ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?