नेपालगन्ज: नेपालगन्ज–कोहलपुर सडकखण्डको गनापुर नजिक मोटरसाईकल र ट्यांकर एकआपसमा ठोकिएकोछ । मोटरसाईकल र ट्यांकर ठोकिदाँ मोटरसाईकल चालकसहित एकजान घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ।
कोहलपुरदेखि नेपालगन्ज आइरहेको ना५ ख १६६ नम्बरको ट्यांकरलाई भे ६ प ४०६६ नम्बरको मोटरसाईकलले ओभरटेक गर्दा साढे चारबजेतिर दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख पविन्द्र बमले जानकारी दिए ।
ट्यांकरमा ठोक्किएर मोटरसाईकल डिभाइडरमा ठोकिँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाईकलको अगाडीभागमा क्षती पुगेकोछ ।
उनका अनुसार मोटरसाईकलमा सवार एकजना बालक र मोटरसाईकल चालक सामान्य घाईते भएका बुझिएको बताए ।
पछिल्ला दिनमा सडक दुर्घटना बढेर आएकाछन् । यहि आईतबार बाँकेको कोहलपुरमा ट्रकले ठक्कर दिदाँ त्रिभुवन उमावि कक्षा ७मा अध्ययनरत १३ वर्षिया बालिकाले दुवै खुट्टा गुमाउनु परेकोछ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?