नेपालगन्ज : सीमावर्ती भारतीय बजार रुपईडिहामा एक नेपाली लागु औषधसहित पक्राउ परेका छन् । आदर्श थाना रुपईडिहाले जाँचका क्रममा सुर्खेत सोमोटीका दिपेश सोमैलाई ५० ग्राम लागुऔषध स्म्याकसहित पक्राउ गरेको हो ।
रुपईडिहाका उपनिरीक्षक शेषमणि पाण्डेको नेतृत्वमा रहेको गस्ती टोलीले बिशेष सुराकीको आधारमा उनलाई पक्राउ गरेको बताइएको छ ।
गस्ती टोलीमा रामप्रसाद, सूरज चौधरी, जितेन्द्रकुमार तथा भारतीय सशस्त्र सीमा बलका रंजितकुमार,राहुलकुमार, बिमलकुमारको संयुक्त टोलीले एसएसबी चेकपोष्टबाट सोमईलाई पक्राउ गरेको हो ।
सोमैलाई आवश्यक कारवाहीका लागि बहराईच चलान गरिएको रुपईडिहा प्रहरीले जनाएको छ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?