File Photo
नेपालगञ्जः सीमावर्ती भारतीय बजार रुपईडिहामा ६ करोड बढि मूल्यको चरेस सहित ४ जना महिला पक्राउ परेकाछन् । नेपालगन्जबाट भारततर्फ लैजाँदै गरेको २० किलो ७ सय ९० ग्राम चरेशसहित उनीहरु पक्राउ परेको सीमावर्ती भारतीय एसएसबी आदर्श थाना रुपैडिहाले बताएकोछ ।
उसका अनुसार अर्घाखाँची सितगंगा नगरपालिका वडा नं. ९ की मान कुमारी घर्तीमगर, दाङको राप्ती गाउँपालिका वडा नं. ३ बस्ने उर्मीला बुढामगर, लालमटिया ८ बस्ने सीता घर्तीमगर र दाङ हसुलिया वडा नंं. ९ बस्ने लालकुमारी पक्राउ परेकी हुन् ।
बरामद चरेशको अन्तर्राष्ट्रिय मूल्य ६ करोड २३ लाख ७० हजार रहेको भारतीय प्रहरीले जनाएको छ । सशस्त्र सीमा बल (एसएसबी) र आदर्श थाना रुपईडिहाको संयुक्त टोलीले जाँचका क्रममा उनीहरुलाई पक्राउ गरिएको भारतीय प्रहरीको भनाई छ ।
पक्राउ परेकी महिलाहरुले सो चरेश दाङबाट भारतको देहरादुन लैजान लागेको र आफुहरु भरियामात्र भएको बयान दिएकी छन् । निरीक्षक मनिषकुमार पाण्डेको नेतृत्वको टोलीले पक्राउ गरेको उनीहरुलाई आवश्यक अनुसन्धानका लागि बहराईच जिल्ला कारागार चलान गरिएको छ ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी