सुनसरी : ‘सिद्धबाबा’ भनिने सुनसरी चतराका कृष्णबहादुर गिरीलाई जिल्ला अदालतले सोमबार पुनः सात दिनको म्याद थप गरेको छ । आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने गिरीलाई अदालतले पुनः सात दिनको म्याद थप गरेको हो । प्रहरी निगरानीमा अस्पतालमा बस्दै आएका गिरीलाई आज प्रहरीले जिल्ला अदालत सुनसरीमा उपस्थित गराएको थियो ।
प्रहरीले अदालतमा उपस्थित गराएकामा अदालतले थप अनुुसन्धानका लागि गिरीलाई सात दिनको म्याद दिएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए । जिल्ला अदालत सुनसरीका न्यायाधीश मणिराम न्यौपानेको इजलासले कृष्णबहादुरलाई सात दिन अस्पतालमै निगरानीमा रहने गरी प्रहरी अनुसन्धानका लागि म्याद थप गरेको प्रनाउ शर्माले बताए ।
अदालतले यसअघि सिद्धबाबालाई तीन पटक गरी १४ दिनको म्याद दिइसकेको छ । अदालतले सिद्धबाबालाई आजबाट लागू हुने गरी थप भएको सात दिनमा प्रहरीलाई पुनः अदालतमा उपस्थित गराउन भनिएको छ ।
अदालतले गिरीलाई पुनः सात दिनको म्याद थप गरेपछि उहाँलाई अदालतको आदेशबमोजिम तत्कालका लागि विराट नर्सिङ होममै पठाइएको सुनसरीका प्रनाउ शर्माले बताए । यसअघि प्रहरीले तीन दिनको म्यादसँगै गिरीको मुद्दा अदालत समक्ष बुझाउने बताएको थियो । सोहीअनुरुप अघिल्लो दिन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
प्रहरीले अनुसन्धान सकिएको भन्दै अनुसन्धान प्रतिवेदन बुझाए पनि अनुसन्धानको कागजात पर्याप्त र अभियोग पुरक नभएकाले पुनः म्याद थपको मागसहित अदालत पेश गरिएकामा अदालतबाट सात दिनको म्याद प्राप्त भएको जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलाले बताए । -रासस
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?