जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु


जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

उदयपुर : उदयपुरमा जीप दुर्घटना हुदाँ चार जनाको मृत्यु भएकोछ । उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नम्बर–३, जरुवामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार जरुवास्थित भित्री सडकमा तामल डाँडाबाट कटारीतर्फ जाँदै गरेको एसके ०१ पीबी ३०६८ नम्बरको गाडी बिहीबार अनियन्त्रित भएर सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

तीनजनाको घटना स्थल र एकजनाको उपचारका क्रममा मृत्यु भएकोछ । जीप दुर्घनामा मृत्यु हुनेमा उदयपुरगढी–३, घर भइ हाल मोरङको पथरी बस्ने ६१ वर्षीय टिकनारायण श्रेष्ठ, उदयपुरगढी–३ का ४७ वर्षीय ढकबहादुर मगर, ४७ वर्षीय मिननारायण श्रेष्ठ र पथरी शनिश्चरेका ३५ वर्षीय टिकाराम श्रेष्ठ छन् ।

यस्तै दुर्घटनामा ४ जना गम्भीर घाइते रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।