नेपालगन्ज: प्रतिबन्धित विप्लव समुहले दैलेखको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमती इला शाहीलाई अपहरण गरेकाछन् ।
शनिबार राति १२ बजे २०–२५ जनाको समूहमा आएका प्रतिबन्धित विप्लव समुहले अध्यक्ष शाही र उनकी श्रीमतीलाई घरबाटै अपहरण गरेका हुन् । घरैबाट गाउँपालिका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमतीलाई अपहरण गरेको विप्लव समुहले नेपाल राष्ट्रिय शिक्षक संघकी केन्द्रीय उपाध्यक्ष समेत रहेकी शाहीकी श्रीमती इला मल्ल शाहीलाई भने राति नै नजिकै जङ्गलमा छाडिदिएकाछन् ।
यद्यपी इला मल्लसँगको कुराकानीबाट गाउँपालिका अध्यक्ष शाहीलाई अपहरण गरेर कालीकोटतर्फ लगिएको जानकारी आएको छ । तर, अहिलेसम्म विप्लव समूहले भने यसको जिम्मेवारी लिइसकेको छैन ।
विप्लव समूहले अपहरण गरेको जानकारी पाएलगत्तै सुरक्षाकर्मीको टोली अहिले घटनास्थलतर्फ पुगेको छ । गाउँपालिकाको बजेट दुरुपयोग गरेको भन्दै विप्लव कार्यकर्ताले अध्यक्ष शाहीलाई पहिला नै चेतावनी पत्र दिएको थियो ।
यसअघि अध्यक्ष शाहीका भाइ हस्तबहादुर शाहीलाई विप्लव समूहले ६ महिनाअघि अपहरण गरेका थिए । तर, हस्तबहादुरलाई भने केही समयपछि नै छाडिएको थियो ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?