नेपालगन्ज: प्रतिबन्धित विप्लव समुहले अपहरण गरेका दैलेख ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई कालिकोटबाट सकुशल उद्दार गरिएको छ ।
आईतबार बेलुका पौने ६ बजेतिर कालिकोटको शुभकालिका गाउँपालिका–१, छाती क्षेत्रबाट सकुशल उद्दार गरिएको हो । दैलेखको ठाँटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमतीलाई गएराति विप्लव समूहका कार्यकर्ताले घरबाटै अपरहण गरेका थिए ।
घरबाटै अपहरणमा परेका नेपाल राष्ट्रिय शिक्षक संघकी केन्द्रीय उपाध्यक्ष समेत रहेकी शाहीकी श्रीमती इला मल्ल शाहीलाई भने राति नै छाडिदिएका थिए ।
प्रहरीले कालीकोटको शुभकालिका गाउँपालिकाको जंगलबाट शाहीको सकुसल उद्दार गरेको हो । अपहरणमा परेलगत्तै शाहीको खोजीका लागि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले कालिकोटको संभावित क्षेत्रलाई लक्षित गर्दै खोजि अभियान चलाएको थियो । सोक्रममा विप्लव समूहले शाहीलाई राखेको घरको घेरा हालेर गाँउपालिका अध्यक्ष शाहीको सकुशल उद्दार गरिएको हो ।
यसैविच अपहरणको जिम्मा विप्लव समूहले लिएको थियो । गाउँपालिकामा चरम भ्रष्टाचार गरेको, कमिशन खाएको र आफूहरुविरुद्ध लागेको हुँदा नियन्त्रणमा लिएर सकुशल राखिएको विप्लव समूहले जनाएको थियो ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?