नेपालगन्ज: भारतबाट अवैधरुपमा नेपाल भित्र्र्याइएको ५८ वटा गोरुसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । शनिवार राति १ बजे दाङको गढवा गाउँपालिका वडा नम्बर ५ मुसीधार गाउँबाट ५८ वटा गोरुसहित दुई भारतीय पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको टोलीले नेपाल भित्र्याउँदै गरेको गोरुसहित दुई जनालाई पक्राउ गरेको छ भने गोरु धनी सद्दामसहित तीन जना फरार भएका छन् । रातको समयमा हुस्सु लागेकाले उनीहरुलाई पक्राउ गर्न नसकिएको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख एवं प्रहरी निरीक्षक भरतसिंह राठौरले जानकारी दिए ।
भारतको जिल्ला बलरामपुर थाना जरुवा मोहकानपुर बस्ने २७ वर्षीय मोहम्मद अनिस सिद्दिकी र सोही ठाउँका ५५ वर्षीय जोगी मुसलमानलाई पक्राउ गरिएको प्रहरी निरीक्षक राठौरले बताए । प्रहरी निरीक्षक राठौरले पक्राउ परेका दुई जनाले दुई हजार रुपैयाँमा गोरुहरु नेपाल ल्याएको जानकारी दिए । आवश्यक कारबाहीका लागि गोरुसहित दुबै जनालाई भन्सार कार्यालय नपालगन्ज पठाइएको उनले बताए ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?