नेपालगन्ज: नेकपाका प्रदेश सदस्य पुजन विश्वकर्माले पत्रकारमाथि कुटपिट गरेकाछन् । नेपाल पत्रकार महासंघ बाँकेका कार्यसमिति सदस्य समेत रहेका काँचुली खबर अनलाइनका कार्यकारी सम्पादक संगिन शर्मामाथि नेकपाका नेता पुजनको निर्देशनमा सांघातिक आक्रमण भएको हो ।
आईतवार बेलुका कोहलपुर स्थित नेकपाका नेता बिश्वकर्माद्वारा प्रकाशित पत्रिका युगयान दैनिकको कार्यालयमा परिसरमै गुण्डा बोलाई पत्रकार शर्मामाथि कुटपिट गर्न निर्देशन दिएपछि उनी घाईते भएका हुन् । पत्रकार शर्माको निधार, टाउको लगायतमा चोट लागेकोछ ।
घाइते पत्रकार शर्माका अनुसार उनीमाथि नेकपा नेता पुजनकै निर्देशनमा भाडाका गुण्डाले आफुमाथि आक्रमण गरेको जानकारी दिएका छन् ।
घाइते पत्रकार शर्मा आफ्नो कार्यालय जाँदै गर्दा भएको सामान्य विवादमा नेकपाका नेता पुजनले गुण्डागर्दी शैलीमा धम्की दिदै गुण्डा लगाएर उनीमाथि सांघातिक आक्रमण गरेका हुन् ।
कुटपीटमा संलग्न रहेका आरोप लागेका नेता विश्वकर्मालाई घटनाबारे बुझ्न सम्पर्क गर्दा उनको सम्पर्क आएनन् ।
यसैबीच घटना लगत्तै क्रियाशिल पत्रकार समुहले प्रेस विज्ञप्ती निकाल्दै घटनाको घोर भत्र्सना गरेकोछ । क्रियाशिल पत्रकार समुहका सचिव रामबहादुर रावतद्वारा जारी विज्ञप्तीमा पत्रकार शर्मामाथि आक्रमण गर्ने नेकपाका नेता पुजन विश्वकर्मालगायतलाई कानूनी कारबाहीको माग गरिएकोछ ।
क्रियाशिल पत्रकार समुहका उपाध्यक्ष समेत रहेका त्रपकार शर्मामाथि सांघातिक आक्रमण गर्नेलाई कानूनी कारबाही नगरिए कडा आन्दोलन गर्ने चेतावनी समेत दिइएकोछ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?