‘घुस’ नदिएपछि ठेकेदार जेलमा


‘घुस’ नदिएपछि ठेकेदार जेलमा

नेपालगन्ज : विकास निर्माणका लागि विनियोजित बजेटबाट स्थानीय तहका जनप्रतिधिलाई ‘घुस’ नदिएको भन्दै बाँकेका युवा निर्माण व्यवसायी जेल परेका छन् ।

‘घुस’ नदिएको निहुँमा राप्तीसोनारी गाउँपालिकाका निर्माण व्यवसायी मानबहादुर खड्का आइतबार रातीदेखि इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा छन् ।

राप्तीसोनारी गाउँपालिकामका उपाध्यक्ष समेत रहेकी अनुगमन समिति संयोजक धनीकुमारी खत्रीले आफूले मागेअनुसारको घुस रकम नपाएपछि निर्माण व्यवसायीले धम्काएको झुटो कारण देखाई कानूनी कारवाहीका लागि कोहलपुर प्रहरीमा उजुरी दर्ता गरेपछि कोहलपुर प्रहरीले खड्कालाई नियन्त्रणमा लिएर हिरासतमा राखेको हो ।

राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ५ बिलौनास्थित वडा कार्यालयबाट मधुवा जाने करिब पाँच सय मिटर सडक कालोपत्रे योजनामा उपाध्यक्ष खत्रीले निर्माण व्यवसायी मानबहादुर खड्कासँग ‘घुस’ रकम बार्गेनिङ गरेकी थिइन् ।

Kanti Aarogya Hospital Nepalgunj

तिहारअघि नै उक्त सडकको कालोपत्रे निर्माण सकिएको थियो । कालोपत्रे सकिएप्छि निर्माण व्यवसायी खड्काले उपाध्यक्ष खत्रीलाई उक्त योजनाको अनुगमन गरिदिन बारम्बार आग्रह गरेका थिए ।

पटक÷पटक ठेकेदारले उक्त सडक अनुगमनका लागि आग्रह गर्दा पनि उपाध्यक्ष खत्रीले बार्गेनिङ गरेको रकम नपाएको भन्दै सडक अनुगमन समेत नगरिदिएको ठेकेदार खड्का बताउँछन् ।

उनले भने ‘काम सकिएपछि आफूले पटक-पटक अनुगमनका लागि आग्रह गरेको तर उपाध्यक्ष खत्रीले अनुगमन गरेपछि एकदिन गाउँपालिकामा गएर अनुगमनका लागि दबाब मात्र दिएको खड्का बताउँछन् ।

भुक्तानी रोकियो उक्त सडकको अनुगमन गरिदिनुहोस् भन्दा उपाध्यक्ष खत्रीले पहिला रकम दिनुहोस् अनि मात्र अनुगमन हुन्छ भन्दै अनुगमनमा आलटाल गरेका उनी बताउँछन् ।

उनकाअनुसार उपाध्यक्ष खत्रीले ‘अहिले आफूलाई सरकारले तलब, भक्ता पनि नदिएको र घरखर्च चलाउन धौ-धौ भएको भन्दै घुस रकम बार्गेनिङ गरेकी थिइन् ।

आफूले उक्त रकम दिन अस्वीकार गरेपछि घुस नदिएको रिसमा उपाध्यक्ष खत्रीले कोहलपुर प्रहरीमा आफूलाई धम्की दिएको झुटो आरोप लगाउँदै उजुरी दिएको खड्का बताउँछन् ।

उक्त गाउँपालिकाको अनुगमन समिति संयोजक समेत रहेकी उपाध्यक्ष खत्रीले तिहारअघि सकिएको उक्त सडक कालोपत्रे योजनाको अनुगमन नगर्दा निर्माण व्यवसायीले अहिले पनि करिब १३ लाख रूपैयाँ भूक्तानी पाउन सकेका छैनन् ।

ठेकदार खड्काकाअनुसार उपाध्यक्ष खत्रीले आफूलाई घुस वापत केही रकम नदिएसम्म उक्त योजनाको अनुगमन नगर्ने बताएको ठेकेदार खड्का बताउँछन् ।

यता उपाध्यक्ष धनीकुमारी खत्रीले आफूले निर्माण व्यवसायीसँग घुस रकम नमागेको जिकिर गरेकी छन् । उनले उक्त सडक कालोपत्रे योजनाका ठेकेदार खड्काले गाउँपालिकामै आएर अनुगमन गर्न दबाब दिएको तर, आफूले केही दिनमा अनुगनम गर्ने बताउँदा आफूलाई विभिन्न खालका धम्की दिएको आरोप लगाएकी छन् ।