नेपालगन्ज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगन्जले १० हजार घूससहित वन सहायक अधिकृत आनन्दप्रसाद साहलाई पक्राउ गरेको छ ।
सोमबार दिउँसो बबई सवडिभिजन वन कार्यालय, जयनगर बारबर्दियाबाट उनलाई पक्राउ गरेको अख्तियारका नेपालगन्ज प्रमुख गणेश गैरेले बताए ।
वन सहायक अधिकृत साहले काठको लगत मिलाई दिने भन्दै सेवाग्राहीबाट १० हजार घूस लिएको प्रमुख गैरेले जानकारी दिए । उनलाई आवश्यक कारबाहीका लागि नेपालगन्जस्थित आयोगको कार्यालयमा राखि अनुसन्धान शुरु गरिएको छ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?