आफ्नै कार्यकर्ताबाट असुरक्षित काँग्रेस नेता


आफ्नै कार्यकर्ताबाट असुरक्षित काँग्रेस नेता

नेपालगन्ज: काँग्रेस कोहलपुर नगर सभापति बलाराम शर्मामाथि कुटपिटको प्रयास भएको छ । शुक्रबार दिउँसो आफ्नै पार्टीका युवाहरूले नै नगरसभापतिमाथि कुटपीटको प्रयास गरेको कोहलपुर नगर सचिव भुम भण्डारी बताउँछन् । उनकाअनुसार यस्ता प्रकारका घटनाले आफ्नै कार्यकर्ताबाट काँग्रेसका नेता असुरक्षित देखिएका छन् ।

उनकाअनुसार युवाहरूको एकजत्था पार्टी कार्यालयमा पुगेरै सभापति शर्मामाथि कुटपिटको प्रयास गरेको थियो । नगर समितिको कार्यालयमा नियमित बैठक बसिरहेका आएका काँग्रेसका युवा नेताहरू दिग्विजयजंग राणा, हर्षिङ कठायत, जनक विक लगायतले कुटपिटको प्रयास गरेको सचिव भण्डारीद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

उनीहरूले सभापतिमाथि कुटपिटको प्रयास मात्रै नभई अन्य पदाधिकारी तथा सदस्यहरूलाई समेत दुव्र्यवहार गरेका थिए । बैठकको माइन्युट र पार्टीका महत्वपूर्ण दस्तावेजहरु समेत च्याति दिएको नगर सचिव भण्डारीद्वारा जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।

उक्त विज्ञप्तीमा घटनाप्रति घोर भत्र्सना गर्दै दोषीलाई २४ घण्टाभित्र पक्राउ गरी कानूनी कारवाहीको माग गरिएको छ । तर, कोहलपुर प्रहरीले शनिबार एक बजेसम्म सभापतिमाथि कुटपिटको प्रयास गर्ने व्यक्तिहरूलाई पक्राउ गरेको छैन् ।

Kanti Aarogya Hospital Nepalgunj

कोहलपुर प्रहरी प्रमुख डिएसपी कुलदीप चन्दले घटना शुक्रबार दिउँसो भएको बताएका छन् । घटनापछि प्रहरीलाई खबर आए लगत्तै घटनास्लमा प्रहरी पुगी रिर्पोट तयार गरेर र नगरसभापति लगायतको टीमले दोषीमाथि कारबाहीको माग गर्दै लिखित उजुरी इलाकामा दिएको उनी बताउँछन् ।
उनकाअनुसार शनिबार दिउँसो एक बजेसम्म दुवैपक्ष इलाकामा आउने र छलफल गर्ने कुरा भएको थियो । उनले भने ‘तर, शनिबार एक बजेसम्म उहाँहरू आउनु भएको छैन् ।

साँझसम्म हेरौं दुवैपक्षिय सहमतिमा मिलापत्र हुन्छ कि यदि भएन भने समाधानको प्रयास अघि बढाँउला ।’काँग्रेस सभापतिमाथि कुटपिट हुनुले कोहलपुरमा सुरक्षा चुनौती थपिएको काँग्रेस निकट नेता कार्यकर्ता बताउँछन् ।

यसैबीच नेपाल तरुण दल नगर कार्यसमिति कोहलपुरले एक विज्ञप्ती जारी गरि कोहलपुर नगर समितिको बैठक बसिरहेको बेला आन्तरिक पार्टी भित्र भ्रष्टचार र नेपाल तरुण दललाई उपेक्षित गरेको बारे बहसको एजेण्डा बनाई बैठकमा बैठकमा छलफल गर्नुपर्ने आफूहरुले माग राख्दा पार्टी नेतृत्वले उल्टै आफूहरुमाथि दुव्र्यवहार गरेको उल्लेख गरेकोछ ।

बैठक पुस्तिकामा एजेण्डा राख्नुप¥यो भनि उपस्थिती जनाउन खोज्दा सचिव र सभापतीले बैठक पुस्तिका तानातान गरेपछि उक्त पुस्तिका च्यातिएको हो । विज्ञप्तीमा भनिएको छ ‘तरुणदल आबद्ध यी कुनै पनि युवाहरुले नगर सभापती लगायतका पदाधिकारीमाथि दुव्र्यवहार, कुटपिट गरेका छैनन् ।’

तरुण दल नगर सभापति हरिसिंह कठायतद्वारा जारी विज्ञप्तीमा पार्टीभित्र भएको भ्रष्टचार, विभेद, उपेक्षाको अन्त्य गरिनुपर्ने उल्लेख गरिएकोछ ।