बर्दिया ट्रयाक्टर दुर्घटनाः एक जनाको मृत्यु, १५ जना घाइते, ३ अवस्था गम्भीर


बर्दिया ट्रयाक्टर दुर्घटनाः एक जनाको मृत्यु, १५ जना घाइते, ३ अवस्था गम्भीर

बर्दिया:माघी मेला मानेर फर्कदै गरेको ट्रयाक्टर दुर्घटना हुदाँ बर्दियामा एकजनाको मृत्यु हुनुका साथै १५ जना घाईते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।

बर्दियाको ठाकुरद्वारा स्थित ठाकुरबाबा मन्दिरको दर्शन गरेर फर्कँदै गरेको भे १ त ७२०० नम्बरको ट्रयाक्टर बुधबार विहान कर्णाली पुल नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा परि १३ वर्षीय बालक रुबेन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । बालक गेरुवा गाउँपालिका वडा नम्बर ५ पहाडीपुर निवासी हुन् ।

राजापुर नगरपालिका वडा नम्बर १० गेरुवास्थित कर्णाली पुल नजिकै पल्टिँदा रुबेन गम्भीर घाइते भएका थिए । उनको उपचारका लागि गुलरिया लैजाने क्रममा बाटोमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

अन्य घाइतेहरुको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागी नेपालगन्ज ल्याइएकोछ ।

मंगलबारनै ठाकुरबाबा मन्दिरमा गई ठाकुरबाबा मन्दिरको दर्शन गरी बुधबार विहानै गन्तव्य तर्फ लागेको सो टयाक्टर कर्णाली पुल नजिकै पल्टिए दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै ट्रयाक्टर चालक मिठ्ठू चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएकोछ ।