काठमाडौं: ‘अण्डरवर्ल्ड डन’ दाउद इब्राहिमले नेपालको संघीय राजधानी काठमाडौंलाई ठेगाना बनाएर भारतमा नक्कली नोट पठाउने गरेको खुलासा भएको छ ।
दाउदले काठमाडौंबाट भारतमा नक्कली नोट पठाउने गरेको उनकै समूहका एजाज लकडावालाले मुम्बई प्रहरीसँगको बयानका क्रममा खुलासा गरेका हुन् । काठमाडौंस्थित पाकिस्तानी दूतावासका अधिकारीहरूका माध्यमबाट दाउदले आफ्नो धन्दा चलाउने गरेको भारतीय अखबार दैनिक जागरणले दाबी गरेको छ ।
दाउदको समूहका सदस्य लकडावालालाई जनवरी ८ मा बिहारको राजधानी पटनाबाट गिरफ्तार गरिएको थियो । उनले मोस्ट वाण्टेड दाउद इब्राहिमका पाकिस्तानको कराचीमा रहेका दुई घरको ठेगाना पनि भारतीय प्रहरीलाई दिएका छन् । भारतीय सुरक्षा अधिकारीहरूले लकडावालाको गिरफ्तारीलाई अत्यन्तै ठूलो उपलब्धि भनेका छन् ।
लकडावालाले प्रहरीसमक्ष दाउदको थाइल्याण्ड र बंगलादेशमा पनि राम्रो पकड रहेको र ती दुई देशबाट भारत, युरोप र अन्य मुलुकमा लागुपदार्थ पठाउने गरेको बयान दिएका छन् । -साभार बाह्रखरी
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी