ब्राउनसुगरसहित विकास पक्राउ


ब्राउनसुगरसहित विकास पक्राउ

नेपालगन्ज: प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित नेपालगन्जका विकास पौडेल पक्राउ परेकाछन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगर निवासी ३९ बर्षीय पौडेल प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित आईतबार दिउँसो २ बजे पक्राउ परेका हुन् ।

जयसपुर प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक भिमबहादुर खड्काको नेतृत्वमा खटिएको टोलीले दुई पुडिया (एक ग्राम) ब्राउनसुगरसहित उनलाई भेरी प्राबिधिक शिक्षालय अगाडीबाट पक्राउ गरेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

उनले प्रयोग गरेको भे ६ प १९२१ नम्बरको पल्सर मोटरसाइकलसमेत प्रहरीले आफ्नो नियन्त्रणमा लिएको प्रहरी नायब निरीक्षक खड्काले बताए ।
भारतको रुपैडिहाबाट ब्राउनसुगर लिएर आउँदै गरेको सूचना पाएको प्रहरीले पौडेललाई पक्राउ गरेको थियो । आवश्यक कारबाहीका लागि पौडेललाई प्रहरी हिरासतमा राखिएकोछ ।