कोहलपुर (बाँके):बाँकेको कोहलपुरबाट प्रतिबन्धित पाँचऔलेसहित एक जना पक्राउ परेकाछन् । ठूलो परिमाणमा प्रतिबन्धित पाँचऔंले जडीबुटीसहित बाँकेको कोहलपुर वडा नम्बर ११ बाट जगत ढकाल पक्राउ परेका हुन् ।
जुम्ला चन्दननाथ नगरपालिका वडा नम्बर ९ निवासी २१ वर्षीय ढकालबाट २१ किलो प्रतिबन्धित जडीबुट पाँचऔले बरामद गरिएको छ । पाँच नम्बर प्रदेश प्रहरी व्यूरोबाट प्रहरी निरीक्षक प्रमोद क्षेत्रीको नेतृत्वमा खटेको टोलीले ढकाललाई सोमवार दिउँसो २ बजे कोहलपुर नगरपालिका वडा नम्बर ११ बाट नियन्त्रणमा लिइएको हो ।
ठूलो मात्रामा प्रतिबन्धित पाँचऔंले जडिबुटि रहेको जानकारी पाएको प्रहरीले चेकजाँच गर्नेक्रममा २१ किलो पाँचऔले जडीबुटी बरामद भएको पाँच नम्बर प्रदेश प्रहरी ब्यूरोका प्रहरी निरीक्षक क्षेत्रीले जानकारी दिए ।
ब्यूरोका प्रहरी निरीक्षक क्षेत्रीका अनुसार पछिल्लो पटक ठूलोमात्रामा प्रतिबन्धित पाँचऔंले जडिबुटि सहित पक्राउ गरिएको यो पहिलो घटना हो ।
पक्राउ परेका ढकाल भरिया हुन वा प्रतिबन्धित पाँचऔंले जडिबुटिका कारोबारी हुन् भन्ने कुरा अनुसन्धानबाट खुल्ने प्रहरीले जनाएकोछ ।
पक्राउ परेको ढकालमाथि थप अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक क्षेत्रीले बताए । बाँके बर्दियाका विभिन्न नाकाबाट प्रतिबन्धित जडिबुटि भारत तस्करी हुदै आएकाछन् ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?