नेपालगन्ज : अबैद्य रूपमा भारतबाट ल्याईएका दुई सय ५७ वटा खसी मध्ये २ सय८ खसी लिलाम गरिएकोछ । नेपालगन्ज भन्सार कार्यालयले लिलाम बढाबढमा ती खसीहरु लिलाम गरेको हो ।
भन्सारका अनुसार ४५ लाख ५१ हजार मूल्यमा खसी लिलाम भएकाछन् । जम्मा खसी मध्ये ४८ वटा खसी र ट्रक भने भन्सारको नियन्त्रणमा रहेको कोहलपुर प्रहरीले बताएकोछ ।
अगैयाको जंगलमा राती ट्रकमा लोड गरिरहेको अवस्थामा प्रहरी ती खसीलाई नियन्त्रणमा लिएको हो । रा १ ख २१८९ र रा १ ख १०९८ नंम्बरको ट्रकमा खसी लोड भैरहेको बेला नियन्त्रणमा लिएको कोहलपुर प्रहरीले बताएको छ ।
भारतबाट अबैद्य रूपमा खसी लयाएको खबर पाएपछि कोहलपुरमा प्रहरीको टोली अगैया तर्फ गएको थियो । प्रहरीले अगैयामा खसीसहित ट्रक चालकलाई समेत पक्राउ गरेको थियो ।
पक्राउ परेका खसी र चालकलाई नेपालगन्जस्थित भन्सार कार्यालयको जिम्मा लगाइएको कोहलपुर प्रहरी प्रमुख कुलदीप चन्द बताउँछन् ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?