दोषीमाथि कारवाही माग


दोषीमाथि कारवाही माग

नेपालगन्ज : राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका बाँके जिल्ला सदस्य रोशन महतरामाथि निर्घात कुटपिट भएको छ । कुटपिटबाट महतरा गम्भीर घाइते भएका छन ।

नेपालगन्जस्थित न्यूरोड नजिकको बागेश्वरी चलचित्र भवनको परिसरमा कारबाट ओर्लिएका केही ब्यक्तिले उनलाई निर्घात कुटपिट गरेका हुन । प्रहरीले घटनामा संलग्न दुई जनालाई पक्राउ गरे पनि अन्य फरार रहेका छन ।

Kanti Aarogya Hospital Nepalgunj

राष्टिूय प्रजातान्त्रिक युवा संगठन बाँकले एक विज्ञप्ति जारी गर्दै घट्नाको भत्र्सना गरेको छ । विज्ञप्तिमा संगठनका जिल्ला अध्यक्ष हुकुम केसीले घटनामा संलग्न फरार दोषीहरुलाई अबिलम्ब पक्राउ गरी कडा भन्दा कडा कारवाही गर्न माग गरेका छन ।