नेपालगन्जः राप्ती नदिमा नुहाउने क्रममा बेपत्ता भएको भनिएका व्यवसायी शिव शर्मा अझै भेटिएका छैनन् ।
शनिबार दिउँसो २ बजेदेखि बेपत्ता शर्माको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीयबासीको सहयोगमा खोजी जारी आज आईतबार पनि जारी छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–१, अगैयामा पिकनिक खान गएका शर्मा खाना खाईसकेपछि राप्ती नदिमा नुहाउने क्रममा बेपत्ता भएको बताइएको छ । यद्यपी उनी नदिमा बेपत्ता भएका हुन वा होईनन त्यो भने यकिन हुनसकेको छैन ।
अगैया बजारको नजिकै रहेको झोलुङ्गे पुल तल शनिबार बैंकका कर्मचारी र स्थानीय व्यवसायीहरुको समुह पिकनिक खान गएको थियो ।
कोहलपुर–१४, चप्परगौडीका शर्मा बेपत्ता भएपछि प्रहरी र स्थानीयबासीको सहयोगमा उनको शनिबार दिनभरी खोजी गरिएको थियो ।
खोजतलासबाट नभेटिएपछि शनिबार अपरान्ह नेपाली सेनाको टोलीले शर्माको खोजीका लागि घटना स्थल पुगेको थियो । यतिवेला घटना स्थलमा नेपाल प्रहरी र नेपाली सेनाको गोताखोर टोलीले शर्माको खोजी गरिरहेको बुझिएकोछ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?