नेपालगन्ज: झारफुक गर्ने बहानामा बालिका बलात्कार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कैलाली जिल्ला घोडाघोडी नगरपालिका –१, हिम्मतपुरका ४५ वर्षीय हरिप्रसाद डगौरालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतका अनुसार बिरामी युवतीलाई झारफुक गर्ने बहानामा युवती बलात्कार गरेको अभियोगमा उनलाई नियन्त्रणमा लिइएको हो ।
१४ वर्षीया किशोरी बलात्कारको आरोपमा कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडबाट डगौरालाई पक्राउ गरिएको थियो । माघ २१ गते बालिका बलात्कृत भए पनि ढिलो गरी जानकारी पाएको प्रहरीले डगौरालाई शुक्रबार मात्रै नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएकोछ ।
प्रहरी नायब उपरीक्षक बस्नेतका अनुसार, बालिकाको आँखामा रहेको समस्या समाधानका लागि झारफुक गर्न गएको बेला डगौराले मन्दिरमा नरिवल चढाउने बहानामा घोडाघोडी तालक्षेत्रको जंगलमा लगेर बलात्कार गरेको बताएकी छन् ।
यसैबीच बलात्कारकै अभियोगमा १५ वर्षीय बालक पनि पक्राउ परेका छन् । १४ वर्षीया बालिका बलात्कारको आरोमा घोडाघोडी नगरपालिका–८, का एक बालकलाई पक्राउ गरिएको हो ।
ईलाका प्रहरी कार्यालय, सुखडका प्रमुख प्रहरी निरीक्षक हरिशरण भट्टका अनुसार बालकमाथि लागको अभियोगबारे अनुसन्धान भइरहेको छ ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी