नेपालगन्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका एक अगैयामा शनिबार पिकनिक खान जाँदा नदिमा डुबेर वेपत्ता भएका कोहलपुर–१२, चप्परगौडीका शिव शर्माको आईतवार बिहान राप्ती नदीमा शव फेला परेको छ ।
कोहलपुर घर भई अगैयामा ब्यवसाय गर्दै आएका शिव शर्मा शनिबार अगैयामा पिकनिक खान जाँदा पौडी खेल्न भनी नदिमा पसेका थिए । नदीमा बेपत्ता भएका शर्मालाई शनिबार दिनभरी स्थानीय र प्रहरीले खोजतलास जारी राखेका थिए ।
आईतवार बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीको गोताखोर टोलीले उनको शवलाई राप्ती नदीमा फेला पारेको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी कुलदीप चन्दले बताए । शवलाई पोष्टमार्टमका लागि नेपालगन्ज ल्याईएको उनी बताउँछन् ।
यसैबिच बाँकेको नेपालगन्ज उपमहानगरपालिका–६, मा एक युवकको शव फेला परेको छ । नेपालगन्ज २१ पुरैनीका २२ वर्षीय मनोज पासीको शव नेपालगन्ज बसपार्क नजिकै हुलाकी राजमार्ग छेउमा भेटिएको हो ।
बाँके प्रहरकिा डिएसपी शिवबहादुर सिंहले सडक छेउको पानीको नालामा पासीको शव फेला परेको बताए । उनकाअनुसार नालामा डुबेको अवस्थामा फेला परेको र मृतकको नजिकै हेलमेट बिनाको दुर्घटनाग्रस्त रुपमा भे २ प ३३७८ नम्बरको मोटरसाईकल समेत फेला परेको थियो ।
नजिकै मोटरसाइकल समेत फेला परेकाले उनको दुर्घटनामा परेर मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । मृतकको शवलाई पोस्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्जमा लगि पोष्टपार्टम गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।