नेपालगन्ज:बाँके प्रहरीले बरामद गरेको लागूऔषध नष्ट गरेको सूचना भने अहिलेसम्म बाहिरीएको छैन् । फलस्वरूप बाँके प्रहरीले बरामद गरेको लागूऔषध बिक्रि वितरण गर्ने गरेको आरोप खेप्दै आएको छ । बरामद गर्दा प्रहरीले पत्रकारलाई साक्षीका रूपमा बोलाउने गरेको छ । तर, नष्ट गर्दा अहिलेसम्म पत्रकारलाई साक्षी राखेको रेकर्ड छैन् । यसैलेपनि बरमद गरिएको लागूऔषधको कारोबारमा प्रहरी संलग्ता रहेको प्रष्टि हुँदै आएको छ ।
जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा एउटा लागूऔषध नष्ट गर्नका लागि समिति हुन्छ । उक्त समितिलाई समेत अहिलेसम्म लागूऔषध प्रहरीले नष्ट गरेको जानकारी छैन् । जसमा प्रहरी, नागरिक समजा, कानून व्यवसायी, पत्रकार लगायतका संस्थाका प्रतिनिधको सहभागीता अनिवार्य हुनुपर्छ ।
यद्यपी बाँकेमा यस्तो समिति भएपनि उक्त समिति कागजमै सिमित छ । लागूऔषध नष्ट गर्ने समयमा यो समितिको सहभागीता प्रहरीले कहिले पनि गराउँदैन् । ‘जुन जोगी आएपनि कानै चिरिएको’भने झै बाँकेमा आउने जतिपनि एसपीले अहिलेसम्म बरामद गरेको लागू औषध पत्रकारलाई साक्षी राखेर नष्ट गरेको रेकर्ड छैन् । अहिलेका एसपी वीरबहादुर ओलीले पनि त्यसैको फ्लोअप गरिरहेको नागरिक बताउँछन् । अहिलेसम्म बाँके प्रहरी कति परिणाममा लागूऔषध बरामद र नष्ट ग¥यो यसको यकिन रेकर्ड पनि प्रहरीसँग छैन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले लागूऔषध नष्टका बिषयमा आफू अनबिज्ञ भएको बताए । यद्यपी उक्त समितिको संयोजक प्रजिअ नै हुने प्रावधान छ । संयोजक नै अनबिज्ञ भएपछि समितिका अन्य पदाधिकारीलाई प्रहरीले बारमद गरेको लागूऔषध नष्ट गरेको थाहा हुने कुरै भएन् । प्रजिअ खड्काले भने ‘यस बिषयमा मलाई केही थाहा छैन् । हजुरले राम्रो कुरा उठाउनुु भो । अब म यस बिषयमा बुझ्छु ।’
यता बाँके प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले बरामद गर्दा र नष्ट गर्दा पत्रकारलाई बोलाउनुपर्ने कानूनी प्रावधान नभएको दाबी गरेका छन् । तर, उनले आईतबार मात्रै कानून विपरित पत्रकारलाई साक्षी राखेर लागूऔषाध बरामदका बारेमा सूचना दिएका छन् ।
यद्यपी अहिलेसम्म नष्ट गर्दा पत्रकारलाई साक्षी राखेको रेकर्ड देखिदैन् । उनले भने ‘अहिलेसम्म लागूऔषधी नष्टका बारे सूचना बाहिरएका छैनन् अब म यो पछिल्लो समयमा बरामद भएका लागूऔषध नष्ट गर्दा पनि त्यसैगरी पत्रकारलाई साक्षी राख्छु र सूचना दिन्छु ।’
बाँके प्रहरीले चालु आर्थिक वर्षको माघ महिनासम्म १ सय ५९ लागु औषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय ८ मुद्धामा ६ भारतीय नागरिकसहित १ सय ५९ जनालाई पक्राउ गरेको छ । जसमध्ये ५ महिला र १ सय ४८ नेपाली नागरिक छन ।
चालु आवको हालसम्म ६ सय ८ ग्राम ७ सय ४५ मिलिग्राम ब्राउनसुगर, ९ सय ९० ग्राम चरेश, ४ किलो अफिम, ४ किलो ७ सय ७५ ग्राम गाँजा, ३ सय एमएल कोरेक्स, २ हजार ६ सय १२ ट्याब्लेट नाईट्राजेपाम, २ सय १० पिस ट्रामाटस र २ सय ९५ पिस एम्पुल सहित १ सय ५९ जनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी बिर बहादुर ओली बताउँछन् ।
बाँके प्रहरीले आर्थिक बर्ष ०७३/०७४ मा १ सय ३७ आगुऔषध मुद्दामा १ सय ८०, आव ०७४/०७५ मा १ सय ४५ मुद्धामा ३ सय १० र आव ०७५/०७६ मा २ सय ४९ मुद्दामा ३ सय ७६ जना लागु औषध कारोबारी तथा प्रयोगकर्ता नियन्त्रणमा लिएको प्रहरीको तथ्याङ्कमा छ ।
आईतबार बिहानै बाँके प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित इन्जेक्सन सहित एक जनालाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय जमुनाहका ईन्चार्ज माधव रिजालका अनुसार नेपालगन्ज २ घरबारीटोलका २२ वर्षिय नगेन्द्र रानालाई डाईजेपाम ९५, लोरी १ सय र ईमिमिग्रेन १ सय पिस ईन्जेक्सन सेरेलेक्स र सोनपापडि मिठाईको बट्टामा प्याकिङ्ग गरी ल्याउदै गरेको अवस्थमा नियन्त्रणमा लिएको छ ।