बलात्कार प्रयास मुद्दामा सफाई पाएका महरालाई कारागार लगियो


बलात्कार प्रयास मुद्दामा सफाई पाएका महरालाई कारागार लगियो

नेपालगन्ज: बलात्कार प्रयास मुद्दामा जिल्ला अदालत काठमाडौंले निर्वतमान सभामुख कृष्णबहादुर महरालाई सफाई दिएकोछ ।  अदालतले महरालाई निर्दोष ठहर गर्दै सोमबार जिल्ला अदालत काठमाण्डौंले सफाई दिएको हो ।

महराले संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा मुद्दा खेप्दै आएका थिए । जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको ईजलासले उनलाई निर्दोष ठहर गरेको हो ।

अदालतमा उनीबारे आईतबार नै बहस सकिएको भएपनि फैसला आउन बाँकी थियो । त्यसका लागि सोमबार ११ बजे प्रहरीले काठमाण्डौँ जिल्ला अदालतमा उपस्थित गराएको थियो ।

यसैबीच निवर्तमान सभामुख कृष्णबहादुर महरालाई डिल्लीबजार कारागारतर्फ लगिएको छ । पुर्पक्षका लागि थुनामा रहेका महरालाई रिहाइको प्रक्रिया पूरा गर्न कारागारतर्फ लगिएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

सोमबार महरा बा २ झ ३९७८ नम्बरको गाडीमा चढेर अदालत पुगेका थिए । महरा हात हल्लाउँदै र मुस्कुराउँदै इजलास कक्षतर्फ गएका थिए ।
महराले सोही प्रकरणमा मुछिएपछि असोज १४ गते पदबाट राजीनामा दिएका थिए भने १९ गते पक्राउ परेका थिए ।