कोहलपुरः बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर–१२, चप्परगौडीबाट ठूलो मात्रामा चरेशसहित एकजनालाई नियन्त्रणमा लिइएकोछ ।प्रस्तावित लुम्बिनी प्रदेश प्रहरी ब्यूरोको टोलीले कोहलपुर–१२, चप्परगौडीबाट १२ किलो लागुऔषध चरेशसहित एकजनालाई नियन्त्रणमा लिएको हो ।
कोहलपुर–१२, चप्परगौडी निवासी ३२ वर्षीय आकाश आरसीलाई बिहीबार दिउँसो साढे २ बजे चरेशसहित नियन्त्रणमा लिएको प्रदेश प्रहरी व्यूरोका प्रहरी निरीक्षक प्रमोद क्षेत्रीले जानकारी दिए ।
क्षेत्रीको नेतृत्वमा खटेको प्रहरीको विशेष टोलीले निज आरसीले पहेलो वस्तुले प्याक गरेको अवस्थामा १२ प्याकेट चरेश बरामद गरेको थियो ।बरामद लागुऔषध चरेश र आरसीलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएर आवश्यक अनुसंन्धानका लागि ईलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाइएको छ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?