भारतमा बस दुर्घटना हुदाँ ६ नेपालीको मृत्यु


भारतमा बस दुर्घटना हुदाँ ६ नेपालीको मृत्यु

File Photo

नेपालगन्ज:नेपालबाट तीर्थयात्राका लागि भारत गएका ६ जना नेपालीको दुर्घटनामा परि मृत्यु भएको छ । भारतको सलेम बेंगलरु नेशनल हाइवेमा बिहीबार बिहान नेपाली तीर्थयात्री चढेको मिनीबस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यम द हिन्दूले जनाएको छ ।

घटनामा १८ जना घाईते भएका र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले २ जना महिलासहित ६ जनाको मृत्यु भएको जनाएको छ । जसमा ५६ वर्षका गोपाल तामाङ, ६० वर्षका विष्णु दाहाल, ४६ वर्षका वीरबहहादुर राई, ५० वर्षका टीकाराम र ५० वर्षकी बेलुकारी चौधरीको नाम खुलेको छ । 

दुर्घटना भएको गाडीमा रहेका तीर्थयात्री अमरनाथ चौधरीका अनुसार उनीहरु नेपालको सुनसरी जिल्लाबाट गएका हुन् । टोलीमा ३४ जना थिए । फेबु्रअरी ६ अर्थात माघ २३ गते भारततर्फ गएका उनीहरु ३५ दिनको तीर्थयात्रामा थिए ।

प्रहरीका अनुसार बेंगलरुतर्फ जाँदै गरेका उनीहरु बिश्रामका लागि एउटा मन्दिरनजिकै बस रोकेर बसेका थिए । मध्यरातमा उक्त बसले युटर्न लिन लाग्दा राजमार्गमा अर्को बससँग ठोक्किएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

सलेमका प्रहरी उपरीक्षक एस दीपा गनिगरसहित प्रहरी अधिकारी घटनास्थल पुगेका छन् । प्रहरीले दुबै बसका चालकलाई नियन्त्रणमा लिएको छ ।