तीन ग्यास पसल कारबाही


तीन ग्यास पसल कारबाही

नेपालगन्ज: गैरकानूनीरुपमा ग्यास विक्रि गर्दै आएका नेपालगन्जका तीन वटा ग्यास पसललाई कारबाही गरिएकोछ ।  वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेले गैरकानूनीरुपमा ग्यास विक्रिवितरण गर्दै आएका तीन पसललाई कारबाही गरिएको हो ।

वाणिज्य कार्यालयको नेतृत्वमा सोमबारदेखि सुरु गरिएको संयुक्त बजार अनुगमनका क्रममा गैरकानूनी रुपमा ग्यास विक्रि गरिरहेका भेरी अस्पताल लाईन बास्कोटा मार्केटमा रहेको नीरज स्टोर, चारबाहिनी रोडमा रहेको अस्तिका ट्रेडर्स एण्ड सप्लायर्स र धम्बोझी खजुरा रोडमा रहेको शिवम मोवाईल सेन्टरलाई जनही २० हजारका दरले कारबाही गरिएको छ ।

अनुगमन टोलीले पहिलो दिन नेपालगन्जमा रहेका पाँच वटा ग्याँस बिक्रेता पसलहरुमा अनुगमन गरेको थियो । सोही क्रममा गैर कानूनी रुपमा ग्यासका साना सिलिण्डर बिक्री गर्ने तीनवटा पसललाई कारबाही गरिएको वाणिज्य कार्यालय बाँकेका प्रमुख कृष्ण प्रसाद पौडेल बताउँछन् ।
मापदण्ड अनुसारका १५.५ र १५.६ किलो खाली वजन भएका बजारमा पाईने सिलिण्डर भन्दा साना खालका खरिद बील नभएका सिलिण्डरमा कानून बिपरित ग्यास बिक्री गर्ने पसल कारवाहीमा परेका हुन ।

जिल्ला प्रशासन कार्यालयका महेश्वर पौडेलले मापदण्डमा तोकिएको भन्दा साना ग्यास सिलिण्डर बिक्री गर्न र शीलवाला ग्यास खोलेर अन्य खाली सिलिण्डरमा भरी बिक्रीवितरण गर्ने गरेको पाइएको बताए ।

Kanti Aarogya Hospital Nepalgunj

चाडबाडमा मात्र हुने अनुगमनले अन्य दिनमा ब्यापारिले खुलेयाम कालोबजारी गरिरहेको गुनासो पाएपछि अनुगमन गर्न थालिएको अनुगमनकर्ता उपभोक्ता हित संरक्षण मंचका प्रभात सिंह ठकुरीले बताए ।

संयुक्त अनुगमन टोलीमा बाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका प्रमुख कृष्ण प्रसाद पौडेल, भुमिराम ढकाल, जिल्ला प्रशासन कार्यालयका महेश्वर पौडेल, जिल्ला गुणस्तर तथा नापतौल कार्यालयका रामसुरत चौधरी, उपभोक्ता हित संरक्षण मंचका प्रभात सिंह ठकुरी र नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रहरी ईन्चार्ज सुर्यबहादुर बोगटी रहेका थिए ।