दाङः नम्बर नखुलेको गाडीको ठक्करबाट सोमबार राती दाङमा एकजनाको मृत्यु भएको छ ।
राप्ती गाउँपालिका–३, मसुरीयामा सोही ठाउँ बस्ने ४९ वर्षे लोकमणी पाण्डेको नम्बर नखुलेको गाडीको ठक्करबाट मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक गंगाबहादुर सारूले जानकारी दिएका छन् ।
घटना भए लगत्तै प्रहरी त्यहाँ पुगेको थियो । तर, गाडीको पहिचान हुन सकेको छैन । शव अहिले लमही अस्पतालमा राखिएको छ । ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?