पैदलयात्रुको मृत्यु


पैदलयात्रुको मृत्यु

दाङः नम्बर नखुलेको गाडीको ठक्करबाट सोमबार राती दाङमा एकजनाको मृत्यु भएको छ ।

राप्ती गाउँपालिका–३, मसुरीयामा सोही ठाउँ बस्ने ४९ वर्षे लोकमणी पाण्डेको नम्बर नखुलेको गाडीको ठक्करबाट मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक गंगाबहादुर सारूले जानकारी दिएका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

घटना भए लगत्तै प्रहरी त्यहाँ पुगेको थियो । तर, गाडीको पहिचान हुन सकेको छैन । शव अहिले लमही अस्पतालमा राखिएको छ । ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।