नेपालगन्ज: जमुनाह प्रहरीले ८ लाख नेपाली रुपैयाँ सहित एक जना नेपालीलाई पक्राउ गरेको छ । प्रहरी श्रोतका अनुसार विशेष सुराकीको आधारमा चेकजाँच गर्दा नेपालगन्ज १२ कोरियनपुर निवासी जंगबहादुर विसीलाई जमुनाह प्रहरीले मङ्गलबार बिहान ८ लाख नेपाली रुपैयाँ सहित पक्रउ गरेको हो ।
बिसीले भारतबाट नेपालगन्ज नाका हुदैँ उक्त ८ लाख नेपाली रुपैयाँ भित्र्याउदै गरेको प्रहरी स्रोतले जनाएको छ । सोही क्रममा चेक जाँच गर्दा विसीले भित्री वस्त्र (पेन्टी)को अगाडी र पछाडी नेपाली एकहजारको नोटसहित एक–एक लाखका ८ वटा गड्डी प्रहरीले बरामद गरेको थियो ।
जमुनाह प्रहरी इन्चार्ज सई माधव रिजालको कमाण्डमा रहेको प्रहरी टोलीले रुपैयाँ सहित बिसीलाई नियन्त्रणमा लिएको हो । उक्त रकम कहाँबाट कसरी ल्याइयो भन्ने स्रोत खुल्न सकेको छैन ।
स्रोतका अनुसार सुन तस्करीबाट उक्त रकम आएको हुनसक्ने आशंका गरिएको छ । नेपालबाट जमुनाह नाका हुदैं वर्षौदेखि सुन तस्कर हुदै आएको छ । पक्राउ परेका बिसी र रकमलाई जिल्ला प्रही कार्यालय बाँकेमा राखी अनुसन्धान थालिएकोछ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी शिवबहादुर सिहंका अनुसार बरामद रकम र बिसीमाथि अनुसन्धान थालिएकोछ । सेतोखरीसंग कुरा गर्दै डिएसपी सिहले भने–‘अनुसन्धानपछि बरामद गरिएको नेपाली ८ लाखको विस्तृत जानकारी प्राप्त हुनेछ ।’
नेपालगन्जबाट उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगियो
सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशमा, कहाँ कहाँ छ जोखिम?
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ
कालिकोटमा सरकारी जग्गा व्यक्तिकाे नाममा, अख्तियारले दायर गर्याे आठ जनालाई भ्रष्टाचार मुद्दा
रक्सी खाने पैसा नदिएपछि सुर्खेतमा श्रीमतीको हत्या: सांसद बिकले संसदमा भनिन्- ‘लोकल रक्सी’ बन्द गरौं
बाँकेमा दुई कांग्रेस आमने-सामने