नेपालगन्ज: बाँकेको राप्तीसोनारी गाउँपालिका–९ ढकेरीस्थित महेन्द्र राजमार्गमा सडक दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एक जनाको निधन भएको छ । अन्य दुई जना घाईते भएको कोहलपुर प्रहरीले बताएको छ ।
ट्रक र स्कुटी ठोक्किँदा एकजनाको निधन भएको र दुईजना गम्भीर घाइते भएको कोहलपुर प्रहरीले जानकारी दिएको छ ।
नेपालगन्जदेखि दाङतर्फ जाँदै गरेको भे९प ७८१७ नम्बरको स्कुटी र कोहलपुरतर्फ आइरहेको लु२ख २३४० नम्बरको ट्रक एकआपसमा ठोक्किँदा स्कुटी चालक कपिलवस्तु निवासी विष्णु बेल्वासेको घटनास्थलमा नै निधन भएको बाँकेका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक पवीन्द्र बमले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा स्कुटी चालक बेल्बासेकी श्रीमती विन्दु बेल्बासे र छोरी बिपनाको अवस्था गम्भीर रहेको छ । घाईते दुवैको शिक्षण अस्पताल कोहलपुरमा उपचार भएको छ ।
दुवै सवारीसाधन तीव्र गतिमा रहेकाले एकआपसमा ठोक्किँदा मानवीय क्षति हुन पुगेको प्रहरी चौकी ढकेरीका इन्चार्ज प्रहरी सहायक निरीक्षक कुमार केसीले जानकारी दिए । दुर्घटनापछि ट्रक र चालकलाई नियन्त्रणमा लिई कानूनी कारबाहीका लागि ईलाका प्रहरी कार्यालय कोहलपुर ल्याइएको छ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?