दुर्घटनामा श्रीमानको निधन, श्रीमती र छोरी घाईते


दुर्घटनामा श्रीमानको निधन, श्रीमती र छोरी घाईते

नेपालगन्ज: बाँकेको राप्तीसोनारी गाउँपालिका–९ ढकेरीस्थित महेन्द्र राजमार्गमा सडक दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एक जनाको निधन भएको छ । अन्य दुई जना घाईते भएको कोहलपुर प्रहरीले बताएको छ ।

ट्रक र स्कुटी ठोक्किँदा एकजनाको निधन भएको र दुईजना गम्भीर घाइते भएको कोहलपुर प्रहरीले जानकारी दिएको छ ।

नेपालगन्जदेखि दाङतर्फ जाँदै गरेको भे९प ७८१७ नम्बरको स्कुटी र कोहलपुरतर्फ आइरहेको लु२ख २३४० नम्बरको ट्रक एकआपसमा ठोक्किँदा स्कुटी चालक कपिलवस्तु निवासी विष्णु बेल्वासेको घटनास्थलमा नै निधन भएको बाँकेका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक पवीन्द्र बमले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा स्कुटी चालक बेल्बासेकी श्रीमती विन्दु बेल्बासे र छोरी बिपनाको अवस्था गम्भीर रहेको छ । घाईते दुवैको शिक्षण अस्पताल कोहलपुरमा उपचार भएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

दुवै सवारीसाधन तीव्र गतिमा रहेकाले एकआपसमा ठोक्किँदा मानवीय क्षति हुन पुगेको प्रहरी चौकी ढकेरीका इन्चार्ज प्रहरी सहायक निरीक्षक कुमार केसीले जानकारी दिए । दुर्घटनापछि ट्रक र चालकलाई नियन्त्रणमा लिई कानूनी कारबाहीका लागि ईलाका प्रहरी कार्यालय कोहलपुर ल्याइएको छ ।