नेपालगन्ज: बाँकेको जानकी गाउँपालिका वडा नम्बर ३, ईन्द्रपुरस्थित एक चप्पल उद्योगमा भिषण आगालगी भयो । आगलागीका कारण चप्पल उद्योगमा लाखौं क्षती हुनुका साथै एक जना मजदूर गम्भीर घाईते भए ।
जयश्री सियाराम कारखानामा गएराति करिब १ बजेबाट लागेको आगो बुधबार बिहान १० बजेमात्र नियन्त्रणमा आयो । उद्योगमा लागेको भयानक आगलागीबाट भण्डार गरि राखेको कच्चा पदार्थ, उत्पादित सबैजसो सामग्री पूर्णरुपमा जलेर नष्ट भयो ।
चप्पल कारखानामा लागेको आगो यति भयानक थियो की आगो नियन्त्रणमा लिन बाँके र बर्दियाका ६ वटा दमकलको साहयता लिनुप¥यो ।
नेपालगन्ज उपमहानगरपालिका नजिकै रहेको उक्त चप्पल कारखानाको आगो नियन्त्रणमा लिन नेपालगन्ज उपमहानगरपालिकाका २, कोहलपुर १, बर्दिया गुलरिया नगरपालिका र मधुवन नगरपालिकाबाट १–१ तथा नेपालगन्ज विमानस्थलबाट १ गरि ६ वटा दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेदेखि करिब २ किलोमिटरको दुरीमा घटना स्थलछ । नेपालगन्ज–गुलरिया सडकखण्ड छेउमै रहेको उक्त उद्योगमा दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेनाको निरन्तर प्रयासले झण्डै १० घण्टापछि मात्र आगो नियन्त्रणमा आयो ।
गर्मीमहिनासगैं बाँकेमा आगलागीका घट्ना बढ्ने गर्छ । अझ बाटो तथा सुविधा नहुने ठाँउमा हुने यस्ता आगलागीले ठूलोमात्रा धनजनको नोक्सानी हुन्छ । नगरसगैं जोडिएको ठाँउमा लागेको आगो नियन्त्रण गर्न बाँके र बर्दियाका ६ वटा दमकलको साहयता लिदालिदै आगो नियन्त्रण भने करिब १० घण्टापछि मात्र आयो ।
सो अवधिमा उद्योगमा कार्यरत कामदार २५ वर्षीय दीलीपकुमार चमार गम्भीर घाइते भए । आगोका कारण उनको शरीर जलेको अवस्थामा उद्दार गरिएको हो । आगलागीबाट गम्भीर घाईते भएका चमारको उपचार भेरी अस्पताल भइरहेकोछ ।
उद्योग सञ्चालकद्वय अमरजित सिंह र मनु केडियाले उक्त उद्योगमा चप्पल, सरसफाइ ब्रस र पोछा लगायतका सामग्री उत्पादन हुँदै आएको थियो ।
होली पर्वमा कामदार बिदामा रहेका कारण आगलागीबाट भएको क्षतीको यकीन विवरण अझै आउन नसकेको उनको भनाइ छ । यद्यपी आगलागीबाट ८ देखि १० करोड रुपैयाँ मूल्य बराबरका मालसामान जलेर नष्ट भएको सञ्चालकको दाबी छ ।
तर, प्रहरीले आगलागीका कारण १ करोडको क्षति भएको बताएकोछ । विद्युत लाइन सर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान छ, यसबारे थप अनुसन्धान भइरहेको छ, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए ।