नेपालगन्ज: नेपालगन्ज नाकामा चरेससहित दुई महिला पक्राउ परेका छन् । कालिकोट घर भइ नेपालगन्जमा डेरा गरी बस्ने अनुजा शाही र सुविधा शाही एक किलो दुई सय २५ ग्राम चरेससहित पक्राउ परेका हुन् ।
हाते झोलामा चरेस राखेर भारततिर जाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय जमुनाहाको टोलीले नाकामा जाँच गर्दा महिलाको हातेझोलामा चरेस बरामद भएको हो ।
केही दिनअघि दुई नेपालीलाई एसएसबीले १८ किलो चरेससहित पक्राउ गरेको थियो । यसैबीच, जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले लागु औषध मुद्दामा फरार एक युवालाई पक्राउ गरेकोछ ।
प्रहरीले दैलेख नारायण नगरपालिका वडा नम्बर २ घर भई बाँकको कोहलपुर नगरपालिका वडा नम्बर ११ बस्ने २३ वर्षीय विरेन्द्र थापामगरलाई पक्राउ गरि जिल्ला अदालत बाँकेमा बुझाएकोछ ।
लागुऔषध नाइटूोजेपाम मुद्दामा जिल्ला अदालत बाँकेबाट २ महिना कैद र दुई हजार जरिवाना सजाए पाएका विरेन्द्रलाई पक्राउ गरेको हो ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?