राप्तीसोनारी (बाँके): तीन दिनदेखी हराइरहेका स्कुले बालकको शव फेला परेकोछ । गत चैत्र ५ गते विद्यालय पोशाकमै साईकलसहित हराईरहेका ८ वर्षीय स्कुले बालक अरबिन चौधरीको शब फेला परेको हो ।
तीनदिन अघि हराएका उनको खोजि कार्य भैरहेको थियो । मृत भेटिएका बालक नवज्योती बोर्डिङ स्कुल चिलहरीयामा अध्ययनरत उनी घरको एक्लो सन्तान हुन ।
बाँकेको राप्ती सोनारी गाँउपालिका वडा नम्बर ५, विनौनाको चिलहरीया स्थित नालाको डिलमा उनको शव फेला परेको जनाइएकोछ । मृतक अरबिनको कम्मरभन्दा माथिको कपडा नभएको, कानबाट रगत बगेको र घाँटीमा नीलडाम भएको अवस्थामा आज शुक्रबार विहान १०ः१५ बजे शब फेला परेको जनाईएको छ । यतिबेला घटनास्थलमा प्रहरी परिचालन गरिएको छ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?