File Photo
सिन्धुपाल्चोक: सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १ भोटेचौर खाल्डेमा स्थानीयवासीले बाटो बन्द गराएका छन् । प्रकोपका बेला ओहोरदोहोर बढी भएपछि स्थानीयवासीले रुख तेर्साएर बाटो बन्द गरेको स्थानीयवासी रमेश चौलागाईंले जानकारी दिए । अत्यावश्यक यातायातका साधन र व्यक्तिलाई भने अवरोध नगरिने बताइएको छ ।
सिन्धुपाल्चोकबाट काठमाडौँ ओहोरदोहोर गर्नेको संख्या निकै रहेको स्थानीयवासी बताउँछन् । काठमाडौँ र सिन्धुपाल्चोकको नाकाको रुपमा रहेको भोटेचौरमा नगरपालिकाको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था नभएकाले रोगको संक्रमण बढ्न सक्ने भन्दै बाटो बन्द गरिएको स्थानीयवासीको भनाइ छ ।
बाटो अवरुद्ध भएपछि इलाका प्रहरी कार्यालय मेलम्चीबाट प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए । -रासस
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?