मेलम्चीका स्थानीयबासीले गरे बाटो बन्द


मेलम्चीका स्थानीयबासीले गरे बाटो बन्द

File Photo

सिन्धुपाल्चोक: सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १ भोटेचौर खाल्डेमा स्थानीयवासीले बाटो बन्द गराएका छन् । प्रकोपका बेला ओहोरदोहोर बढी भएपछि स्थानीयवासीले रुख तेर्साएर बाटो बन्द गरेको स्थानीयवासी रमेश चौलागाईंले जानकारी दिए । अत्यावश्यक यातायातका साधन र व्यक्तिलाई भने अवरोध नगरिने बताइएको छ ।

सिन्धुपाल्चोकबाट काठमाडौँ ओहोरदोहोर गर्नेको संख्या निकै रहेको स्थानीयवासी बताउँछन् । काठमाडौँ र सिन्धुपाल्चोकको नाकाको रुपमा रहेको भोटेचौरमा नगरपालिकाको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था नभएकाले रोगको संक्रमण बढ्न सक्ने भन्दै बाटो बन्द गरिएको स्थानीयवासीको भनाइ छ ।

Kanti Aarogya Hospital Nepalgunj

बाटो अवरुद्ध भएपछि इलाका प्रहरी कार्यालय मेलम्चीबाट प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए । -रासस