नेपालगन्ज: काठमाण्डौबाट नेपालगन्ज आइरहेको नेपाल एयरलाईन्सको जहाज दुर्घटनामा परेकोछ ।
कोरोना आशंकित विरामीहरुको स्वायप लिन आइरहेको नेपाल एयरलाईन्सको 9NAKU(E) कल साईन भएको जहाज नेपालगन्ज विमान स्थलमा अवतरणकाक्रममा दुर्घटना भएको नेपाल एयरलाईन्स नेपालगन्जका स्टेशन प्रमुख प्रशान्त विकले जानकारी दिए ।
विमानमा चालक दलका ३ सदस्यसहित २ जना डाक्टर गरि ५ जना रहेका थिए । जसमध्ये एकजना नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत डाक्टर प्रवेश पन्त रहेका थिए । जहाजभित्र रहेका सवैको उद्दार गरिएको र सवै सकुशल रहेको स्टेशन प्रमुख विकले सेतोखरीलाई जानकारी दिए ।
स्टेशन प्रमुख विकका अनुसार जहाज धावनमार्गमा अवतरण गर्ने क्रममा जमिन नछुदै दुर्घटना भइ घाँसे मैदानमा घस्रिन पुगेको थियो ।
विमानस्थल वरपरका स्थानीयका अनुसार धावनमार्गमा पुग्नेबेला अवतरणका क्रममा आकाशमै जहाज डलबलडलबल भई अनियन्त्रित भएको देखिएको थियो ।
नेपाल लकडाउनका कारण विमान र यातायात सवै बन्द भएकाले नेपाल सरकारले कोरोना आशंकित विरामीहरुको स्वायप लिन सरकारी विमान नेपाल एयरलाई नेपालगन्ज पठाएको थियो ।
विमान दुर्घटना भएकाले भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेजमा संकलन गरिएको स्वायप पनि कोरोना चेकजाँचका लागि अब काठमाण्डौं नजाने भएको छ ।
सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशमा, कहाँ कहाँ छ जोखिम?
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ
कालिकोटमा सरकारी जग्गा व्यक्तिकाे नाममा, अख्तियारले दायर गर्याे आठ जनालाई भ्रष्टाचार मुद्दा
रक्सी खाने पैसा नदिएपछि सुर्खेतमा श्रीमतीको हत्या: सांसद बिकले संसदमा भनिन्- ‘लोकल रक्सी’ बन्द गरौं
बाँकेमा दुई कांग्रेस आमने-सामने
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको उडानले नेपालगन्जसम्म आशा