नेपालगन्ज: कोरोना भाईरस आशंकित दुईजनाको काठमाण्डौं स्थित वीर अस्पतालमा मृत्यु भएकोछ । उच्च ज्वरो आएर उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएका दुईजना बिरामीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा भारतबाट हालै फर्किएका ५० वर्षका पुरुष र चन्द्रागिरि नगरपालिका सतुंगलकी ३४ वर्षकी महिला छन् । आइतवार भर्ना भएका एकजना र आजै बिहान भर्ना भएका अर्का बिरामीको वीर अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।
उनीहरु दुवैलाई कोरोना भाइरस आशंकामा उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । कोरोना संक्रमण भएका बिरामीलाई पनि उच्च ज्वरो आउनुका साथै श्वास फेर्न कठिन हुने लक्षण देखिन्छ । ती दुवैमा कोरोना आशंकामा परीक्षणका लागि थ्रोट स्वाब लिइएको थियो ।
मृत्यु भएका दुवैजनाको स्वाब परीक्षणका लागि टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । उनीहरुको स्वास्थ्य रिपोर्ट आउन कम्तीमा ४८ घण्टा लाग्छ ।
यसअघि आईतबार बुटवलको ‘कोरोना विशेष’ अस्थायी अस्पतालमा मृत्यु भएका युवकमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।
युवकको दुई पटकको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएको थियो ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?