बन्दाबन्दीकाबीच जुवाखालमा प्रहरीको छापा, ११ जुवाडे पक्राउ


बन्दाबन्दीकाबीच जुवाखालमा प्रहरीको छापा, ११ जुवाडे पक्राउ

नेपालगन्जः विश्वब्यापी महामारि बनेको कोरोना भाइरसको जोखिमका बेला सरकारले लगाएको लकडाउन उल्लङ्घन गर्दै जुवा खेल्नेलाई पक्राउ गरिएकोछ ।

कोरोना भाइरसको संक्रमण रोक्न देशभर घोषणा गरिएको लकडाउनको उल्लङ्घन गर्दै जुवा खेलिरहेका ११ जना जुवाडेलाई पक्राउ गरिएको हो ।

यो घटना नेपालको पूर्व तराईको हो । पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर ५ स्थित फूलवारीमा जुवा खेलिरहेका ११ जनालाई प्रहरीले जुवाखालबाट नियन्त्रणमा लिएको छ ।

साथै उनीहरुको साथबाट प्रहरीले जुवा खेल्नमा प्रयोग गरिएको ५७ हजार २ सय ९० रुपैयाँ बरामद गरेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

पक्राउ परेका सबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीका लागि प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।