नेपालगन्जः विश्वब्यापी महामारि बनेको कोरोना भाइरसको जोखिमका बेला सरकारले लगाएको लकडाउन उल्लङ्घन गर्दै जुवा खेल्नेलाई पक्राउ गरिएकोछ ।
कोरोना भाइरसको संक्रमण रोक्न देशभर घोषणा गरिएको लकडाउनको उल्लङ्घन गर्दै जुवा खेलिरहेका ११ जना जुवाडेलाई पक्राउ गरिएको हो ।
यो घटना नेपालको पूर्व तराईको हो । पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर ५ स्थित फूलवारीमा जुवा खेलिरहेका ११ जनालाई प्रहरीले जुवाखालबाट नियन्त्रणमा लिएको छ ।
साथै उनीहरुको साथबाट प्रहरीले जुवा खेल्नमा प्रयोग गरिएको ५७ हजार २ सय ९० रुपैयाँ बरामद गरेको छ ।
पक्राउ परेका सबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीका लागि प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?