नेपालगन्ज: कोभिड–१९का कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५९ हजार नाघेको छ । शनिबार बिहान करिब पौने १० बजेसम्म कोरोनाका कारण विश्वभरमा ज्यान गुमाउनेको संख्या ५९ हजार १ सय ७२ छ ।
नेपालमा पनि प्रवेश गरेको कोरोनाका कारण अहिलेसम्म कसैको पनि ज्यान गएको छैन । ५ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिने सबै विदेशबाट नेपाल आएका हुन् ।
शनिबार विहानसम्मको तथ्यांक अनुसार विश्वभर ८ लाख १० हजार ६ सय ६७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ भने यसमध्ये ३९ हजार ३ सय ३९ को अवस्था गम्भीर छ । जसमध्ये ७ लाख ७१ हजार २ सय ७६ जनाको अवस्था मध्यम रहेको छ ।
२ लाख २८ हजार ९ सय २३ कोरोना संक्रमित उपचारपछि निको भएर अस्पतालबाट घर फर्किसकेका छन् । अहिलेसम्म कोरोना संक्रमण देखिनेको संख्या १० लाख ९८ हजार ७ सय ६२ रहेको छ ।
कोरोनाका कारण सबैभन्दा धेरै इटलीमा १४ हजार ६ सय ८१ जनाको मृत्यु भएको छ । भने जम्मा संक्रमित संखया १ लाख १९ हजार ८ सय २७ जना रहेकाछन् । स्पेनमा ११ हजार १ सय ९८ जनाको ज्यान गइसकेको छ । भने १ लाख १९ हजार १ सय ९९ जना संक्रमित छन् ।
यस्तै अमेरिकामा ७ हजार ४ सय २ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । भने २ लाख ७७ हजार ४ सय ६७ जना संक्रमित भएकाछन् ।
पाकिस्तानमा ४० जनाको मृत्यु भएको छ । भने २ हजार ६ सय ८६ जना संक्रमित भएकाछन् । छिमेकी देश भारमा २१ दिनको लकडाउन गरिएको छ तरपनि संक्रमित र मृत्युदर बढ्दै गएकोछ ।
शनिबार विहानसम्मको आँकडा अनुरास छिमेकी देश भारमा २ हजार ५ सय ६७ जना संक्रमित भएका छन् भने हालसम्म ७२ जनाको मृत्यु भइसकेकोछ ।
नेपालमा संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरिरहेको छ । तर, लकडाउनलाई पूर्णरुपमा पालना नभएको पाइएकोछ । विशेष गरि बाँकेको नेपालगन्जमा लकडाउन फितलो हुनुको साथै नेपालगन्जियाले उल्लंघन गरेकाछन् । यसतर्फ बाँके प्रशासनले पछिल्लो केही दिनदेखी खासै चासो दिएको छैन ।