सीमा सुरक्षामा सशस्त्रको कडाई


सीमा सुरक्षामा सशस्त्रको कडाई

File Photo

नेपालगन्ज: पछिल्लोपटक नेपालमा एकैदिनमा ३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएसगैं नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा सर्तकता बढाइएकोछ ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै यतिबेला संघीय सरकारले देश लकडाउन र बाँके प्रशासनले जनता कफ्र्यु लगाएकोछ । लकडाउन र जनता कफ्र्युकाबीच कोरोनाका जोखिमबाट जोगिन बाँकेसंग जोडिएका नेपाल–भारत सीमानाकामा सशस्त्र प्रहरीको तैनाती बढाउनुका साथै निगरानीलाई कडाईका साथ अघि बढाइएको छ ।

विशेषगरी भारतमा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि बाँकेसँग जोडिएका सबै साना–ठूला सीमानाकामा सुरक्षा ब्यवस्था कडा पारिएको हो । शनिवार मात्रै कैलाली र कञ्चनपुरका ३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएपछि बाँकेका सबै सीमा क्षेत्रमा सुरक्षा सर्तकता अपनाउदै थप सशस्त्र प्रहरी खटाइएको छ ।

कोरोना संक्रमणबाट बच्न बाँके र भारतको बहराइचका मुख्य सीमानाकामा मात्र नभई जिल्लाका विभिन्न चोर बाटोबाट समेत लुकीछिपी भारतबाट मानिसहरु आउनेक्रम नरोकिएपछि यसप्रति तदारुक्ता देखाइएकोहो ।

Kanti Aarogya Hospital Nepalgunj

सीमानाकाको सुरक्षा कडा पार्दै थप १ सय २० जना सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका गणपती एवं सशस्त्र प्रहरी उपरीक्षक दीपक अधिकारीले जानकारी दिए ।

लकडाउन र सीमानाकालाई पूर्णरुपमा कडाई गरिएको बताउँदै उनले सीमानाकाबाट कसैलाई पनि छिर्न नदिन कडा निर्देशन दिइएको बताए । सीमामा निगरानी बढाउन बाँकेमा सबै ६ वटा बोर्डर आउट पोष्ट (बिओपी) मा थप सशस्त्र प्रहरी पठाइएको हो ।

जिल्लाको नरैनापुर गाउँपालिका अन्तर्गतका नरैनापुर, गंगापुर, कटकुइँया, डुडुवा गाउँपालिकाको कालाबञ्जर, नेपालगन्जको जयसपुर र जानकी गाउँपालिकाको बढैैैैैया बिओपीसहित डुडुवा गाँउपालिका–१, होलियास्थित खडँैचा र जानकी गाँउपालिका–१ बेलभारस्थित बढैैैैैया बिओपीको पानी ट्यांकीस्थित फरवार्ड बेश क्याम्पमा थप सशस्त्र प्रहरी पठाइएको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले बताए ।

सीमासुरक्षामा सशस्त्र प्रहरीको संख्या थपेसर्गै एक किलोमिटरको दूरीमा रहेर निगरानी गरिनेहुदाँ लुकीछिपी नेपाल प्रवेश गर्नेलाई भारतमै फर्काइनेछ ।