हतियार र नगद बरामद


हतियार र नगद बरामद

कञ्चनपुर: जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ४ र ५ सीमा नजिकैबाट रोकिराखेको डिएल ३ सिसीआर ३९९७ भारतीय नम्बरको टोयटा फर्चुन गाडीबाट मङ्गलबार साँझ सशस्त्र प्रहरीले हतियारसहित नगद रकम बरामद गरेको छ ।

सशस्त्र प्रहरी उपरीक्षक शाहुका अनुसार गाडीबाट प्वाइन्ट टुटु एलआर बन्दुक एक थान, त्यसमा लाग्ने गोली १४ थान र एयरगन एक थान र सोको छर्रा १९६ बरामद गरिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

सोही गाडीबाट नेपाली एक हजारको नोट ७१ हजार, ५०० का नोट पाँच हजार ५०० बरामद गरिएको छ । अवैध हतियार र नगद रकमसहित छ बैंकका एटीएम कार्डसमेत बरामद गरिएको छ । बरामद गाडी कैलालीको गोदावरी नगरपालिका–१० का वडाध्यक्ष गुड्डु शाहीको रहेको बताइएको छ । बरामद गाडी, हतियार, नगद रकम र एटीमकार्ड इलाका प्रहरी कार्यालयमा बुझाइएको छ । -रासस