कञ्चनपुर: जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ४ र ५ सीमा नजिकैबाट रोकिराखेको डिएल ३ सिसीआर ३९९७ भारतीय नम्बरको टोयटा फर्चुन गाडीबाट मङ्गलबार साँझ सशस्त्र प्रहरीले हतियारसहित नगद रकम बरामद गरेको छ ।
सशस्त्र प्रहरी उपरीक्षक शाहुका अनुसार गाडीबाट प्वाइन्ट टुटु एलआर बन्दुक एक थान, त्यसमा लाग्ने गोली १४ थान र एयरगन एक थान र सोको छर्रा १९६ बरामद गरिएको छ ।
सोही गाडीबाट नेपाली एक हजारको नोट ७१ हजार, ५०० का नोट पाँच हजार ५०० बरामद गरिएको छ । अवैध हतियार र नगद रकमसहित छ बैंकका एटीएम कार्डसमेत बरामद गरिएको छ । बरामद गाडी कैलालीको गोदावरी नगरपालिका–१० का वडाध्यक्ष गुड्डु शाहीको रहेको बताइएको छ । बरामद गाडी, हतियार, नगद रकम र एटीमकार्ड इलाका प्रहरी कार्यालयमा बुझाइएको छ । -रासस
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?