नेपालगन्ज: जगदम्बा कम्पनीका मालिक शंकर ग्रुपका निर्देशक सुलभ अग्रवाललाई सात दिन हिरासतमा रहनेछन् ।
जिल्ला प्रशासन कार्यालयले कालोबजारी गरेको अभियोगमा पक्राउ परेका सुलभ अग्रवाललाई सात दिन हिरासतमा राख्न अनुमति दिएको छ । पक्राउ परेका अग्रवाललाई प्रहरीले बुधवार नै सरकारी वकिल कार्यालयमार्फत म्याद थपका लागि सिडिओ कार्यालयमा पेश गरेको थियो ।
अग्रवाललाई मङ्गलबार महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अग्रवाललाई सात दिन हिरासतमा राख्न अनुमति दिएको पुष्टि गरे ।
महानगरीय प्रहरी परिसर काठमाडौँले अग्रवाललाई कालोबजारी गरेको कसुरमा न्यायिक हिरासतमा राख्न सिडिओ कार्यालयसँग सात दिनको अनुमति मागेको थियो ।
अग्रवालले जरो नाप्ने थर्मल गन कालोबजारी गर्ने गरेको सूचना पाएलगत्तै प्रहरीले ‘जरुरी पक्राउ पुर्जी’ लिएर मंगलबार नक्सालबाट पक्राउ गरेको थियो ।
अग्रवालले किर्जिस्तानको निलो नम्बर प्लेटको झण्डावाल गाडीमा तस्करी गरिरहेका थिए । जोखिमका बेला अन्य देशका ठूला घरानाका ब्यापारीले सरकारलाई सहयोग गरिरहेका छन् तर नेपालमा रहेका ठूला घरानाका ब्यक्तिहरुले देश लुटिरहेकाछन् ।
२०९ एचसीसी १ नम्बरको गाडीबाट ज्वोरो नाप्ने थर्मल गन कालोबजारी गरिएको थियो । ३ हजार रुपैयाँ पर्ने उक्त थर्मोमिटर १६ हजारमा बेचिरहेका थिए जगदम्बा कम्पनीका मालिक तथा शंकर ग्रुपका निर्देशक सुलभ अग्रवाल ।