लण्डन: बेलायतको लण्डनमा बस्दै आएका एक भूपू गोरखा सैनिकको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । पर्वत स्थायी घर भएका ५९ वर्षीय चेतप्रसाद गुरुङको गए राती लण्डनको नर्थविक पार्क अस्पतालमा निधन भएको हो ।
तमुधीं युकेको लण्डन शाखाका वरिष्ठ उपाध्यक्ष गुरुङ समाजसेवीका रुपमा चिनिन्थे । करिब दुई सातादेखि ज्वरो आएपछि चिकित्सकको सल्लाहअनुसार गुरुङ घरैमा आइसोलेसनमा बस्दै आएका थिए । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आकस्मिक कक्षमा राखेपछि वार्डमा सारिएको थियो ।
भर्ना गरेको दुई दिनपछिबाट उनको स्वास्थ निकै खराब भएपछि भेन्टिलेटरमा राखिएको थियो ।
लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख शरदराज आरणले मृतक गुरुङको परिवार र सम्बनिधत संस्थालाई निधनबारे जानकारी गराएका थिए । -रासस
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?