घरयासी विवादमा बलसिंहले आफ्नै श्रीमतीको हत्या गरे


घरयासी विवादमा बलसिंहले आफ्नै श्रीमतीको हत्या गरे

कोहलपुर: आफ्नै श्रीमती हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएकोछ । बाँकेको बैजनाथ गाँउपालिका वडा नम्बर २, पहाडीपुरका बलसिंह मगरलाई प्रहरीले नियन्त्रणमा लिएकोहो ।

घरयासी बादविवादले उग्ररुप लिएपछि बलसिंहले आफ्नो ३४ वर्षीया श्रीमती दीलमाया मगरलाई बाँसको कप्टेरोले हानेर हत्या गरेका हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

ईलाका प्रहरी कार्यालय कोहलपुरबाट गएको प्रहरीले बैजनाथ गाँउपालिका २ पहाडीपुरका बलसिंह मगरलाई पक्राउ गरेको छ । उनले बाँसको कप्टेराले हानेर श्रीमतीको हत्या गरेको स्विकार गरिसकेको प्रहरीले जनाएको छ ।

दिलमायाको शव नेपालगन्ज शिक्षण अस्पताल कोहलपुर राखिएको छ । भने प्रहरीले घटनाका विषयमा थप अनुसन्धान सुरु गरेको जनाएकोछ ।