कोरोना कहर : सांसदको ‘कमिशन कनेक्शन’

सांसदले होईन सप्लायर्सले बदमासी गर्यो: सचिवालय


कोरोना कहर :  सांसदको ‘कमिशन कनेक्शन’

नेपालगन्ज : कोरोनाको संक्रमण र जोखिम बढिरहेका बेला बाँकेमा कालोबजारी पनि उत्तिकै मौलाएको छ । यहाँका मेडिकलदेखि खाद्य र तरकारी पसलमा समेत कालोबजारीले सीमा नाघेको स्थानीय बताउँछन् ।

शुक्रबार मात्रै यहाँको हिल्स मेडि सप्लायर्समा गरिएको अनुगमनमा समेत उक्त सप्लायर्सले औषधीलगायतका बस्तुमा कालोबजारी गरिरहेको भेटिएको छ ।

उक्त कालोबजारीमा बाँकेका संघीय सांसद महेश्वर गहतराज ‘अथक’को मिलेमतो र संलग्नता देखिएको छ । सांसद अथक केही साताअघि कोहलपुरका पत्रकारलाई गुणस्तरहीन सेनिटाइजर र पाँच रूपैयाँको मास्क बाँडेर विवादमा आएका थिए ।

काठमाडौंबाट खरीद गरि ल्याएका केही सामग्री अथकले उक्त मेडिकललाई विक्रि गर्न दिएको खुलेको छ । त्यसबाट आएको कमिशन अथक र मेडिकल सञ्चालकले आपसी रुपमा बाँड्ने सहमति समेत भएको स्रोत बताउँछ ।

Kanti Aarogya Hospital Nepalgunj

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य एंव बाँके क्षेत्र नम्बर एकका संघीय सांसद गहतराज (अथक)को पहलमा बाँकेकमा आएका भनिएका सामग्री उक्त सप्लायर्समा विक्रिवितरणका लागि राखिएको यसअघि उनकै मुखपत्रका रुपमा रहेको एक अनलाइनले समाचार प्रकाशित गरेको थियो ।

उक्त अनलाइनकाअनुसार अथकले गुना थर्मा मिटर २८ थान, मास्क चार सय २३ थान, पीपीइ सेट चार सय थान र ग्लोब्स एक हजार थान पठाएका छन् ।

उक्त सामाग्री सबै स्थानीय तह, अस्पताल र स्वास्थ्य संघ संस्थालाई प्रदान गर्ने भनिएको थियो । तर, अहिलेसम्म यहाँका कुनैपनि स्थानीय तहले उक्त सामग्री पाएका छैनन् ।

सांसद अथकले उक्त सामग्री स्वास्थ्य राज्यमन्त्री नबराज राउतसँगको सकार्यमा नेपागन्जमा ल्याएको उनी निकट मानिएको उक्त अनलाइनले उल्लेख गरेको छ ।

कालोबजारी रोक्ने नीति निर्माण गर्ने तहमा रहेका जिम्मेवार व्यक्ति नै यसरी कमिशनको कनेक्शनमा देखिएपछि नेपालगन्जका यतिबेला कोरोनाको कहरसँगै अथकको कमिशन कनेक्शनको चर्चा चुलिएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा यतिबेला चौतर्फी आलोचना हुनुका साथै कोरोनाको संक्रमणले आम नेपाली आजित भइरहेका बेला यसरी कमिशनको चक्करमा लाग्ने जोकोही माथि कारबाही गर्नुपर्ने आवाज उठिरहेको छ ।

सरकारमा रहेका दलकै सांसद यसरी कालोबजारी र कमिशनको कनेक्शनमा देखिएपछि हामीले कसरी काम गर्ने बाँके प्रशासनमा शुक्रबार भएको एक उच्च स्तरीय बैठकमा अधिकाशंले यस्तै जनप्रतिनिधीका कारण बाँकेमा लकडाउन पूर्ण कार्यान्वयन, कालोजारी न्यूनीकरण लगायतका गतिविधी रोकथाम गर्न नसकिएको बताएका छन् ।

बैठकमा सहभागी एक उच्च अधिकारीका अनुसार नीति निर्माण गर्ने सत्ताधारी सांसद नै यसरी कमिशनको चक्करमा लागेपछि कर्मचारीले मात्रै कसरी सुशासनमैत्री बाँके बनाउँन सक्लान र ?

संघीय सांसद अथक मात्रै होइन बाँकेका संघीय र प्रदेश तहका अधिकाशं सांसदको अहिले खेलो नै कमिशन भइरहेको छ । किमशन नआउने ठाउँमा यहाँका केही साँसदहरूले कामै गर्न छोडेका छन् ।

सांसद अथकको मिलेमतोमा उक्त सप्लायर्सले ती स्वास्थ्य सामाग्री विक्रि वितरण गरिरहेको बारे बुभ्mन शनिबार विहान ८ बजे अथकलाई फोन गर्दा उनको फोन उठेन् । तर, उनको कोहलपुरस्थित सचिवालयका कार्यालय सचिव शिब सुनारले उक्त सप्लायर्ससँग अथको मिलेमतो र औषधी लगायतका सामग्री विक्रि वितरणमा कमिशन कनेक्शन भन्ने कुरा एकदमै गलत भएको दाबी गरेका छन् ।

सचिवालय सचिव सुनारकाअनुसार बाँकेमा कोरोना कहरसँगै विविध सामग्रीको अभाव देखिएपछि सांसद अथकले गुना थर्मा मिटर २८ थान, मास्क चार सय २३ थान, पीपीइ सेट चार सय थान र ग्लोक्स एक हजार थान पठाएका हुन् ।

उक्त सामग्री सांसद अथकको सांसद विकास कोषको रकमबाट नभई नेपालगन्जमा रहेको उक्त सप्लायर्सले नै आफनो पैसाले खरीद गरेको हो सचिवालय सचिव सुनारले भने ‘यसमा साँसद अथकको समन्वय मात्र हो ।’ उक्त सप्लायर्सले बदमासी गरेछ उनले थपे ‘यस घटनामा सांसद अथकलाई जोड्नु गलत देखिएको छ ।’

सांसद अथको पहलमा आएका भनिएका ती सामग्री सप्लायर्समा बेच्नका लागि होइन यहाँका सबै स्थानीय तह लगायतका निकायमा वितरण गर्नका लागि ल्याईएको नेकपा निकट उच्च नेताहरूनै बताउँछन् ।

उनीहरू भन्छन् ः सांसद अथकले जुन उद्देश्यअनुसार ती सामग्री ल्याएका थिए त्यहि अनुरूप जिल्लामा पारदर्शी र प्रभावकारी वितरण गर्न सकेनन् । यो उनको कमजोरी हो । उनी निकटकै एक पत्रकारका अनुसार अरूले नै गर्दिएको राम्रोमा आफूले ‘जस’ लिने तर, आफैले गरेको नराम्रोमा पन्छिने अथकको बानी नै रहेछ ।