पेस्तोलसहित सम्पर्क विहीन भएका प्रहरी जवान मृत भेटिए


पेस्तोलसहित सम्पर्क विहीन भएका प्रहरी जवान मृत भेटिए

नेपालगन्ज : कर्णाली प्रदेशको पूर्वी सुर्खेतमा एक प्रहरी जवान मृतावस्थामा फेला परेका छन् ।

पूर्वी सुर्खेतको सिम्ता गाँउपालिका स्थित आग्रीगाँउ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का मृत भेटिएका हुन् । प्रहरी जवान खड्का सोमबार राती पेस्तोल र गोलीसहित सम्पर्कविहिन भएका थिए । लगत्तै उनको खोजी गरिएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

पेस्तोल र गोलीसहित सम्र्पक विहिन भएका प्रहरी जवान खड्का आज विहान सोही चौकीदेखि एक किलोमिटरको दूरीमा मृत भेटिएको कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक(डिआइजी) वसन्तकुमार पन्तले बताए ।

सुर्खेतकै रानीवास निवासी खड्का मृत भेटिएको घटनाको यतिबेला जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ । प्रहरी जवान मृत भेटिनुको कारण अनुसन्धान पछि खुल्ने जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए ।