नेपालगन्ज : कर्णाली प्रदेशको पूर्वी सुर्खेतमा एक प्रहरी जवान मृतावस्थामा फेला परेका छन् ।
पूर्वी सुर्खेतको सिम्ता गाँउपालिका स्थित आग्रीगाँउ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का मृत भेटिएका हुन् । प्रहरी जवान खड्का सोमबार राती पेस्तोल र गोलीसहित सम्पर्कविहिन भएका थिए । लगत्तै उनको खोजी गरिएको थियो ।
पेस्तोल र गोलीसहित सम्र्पक विहिन भएका प्रहरी जवान खड्का आज विहान सोही चौकीदेखि एक किलोमिटरको दूरीमा मृत भेटिएको कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक(डिआइजी) वसन्तकुमार पन्तले बताए ।
सुर्खेतकै रानीवास निवासी खड्का मृत भेटिएको घटनाको यतिबेला जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ । प्रहरी जवान मृत भेटिनुको कारण अनुसन्धान पछि खुल्ने जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?