कोरोनाका कारण नेपालमा मृत्यु भएको पुष्टि भएन

सुत्केरीको मृत्युबारे स्वास्थ्य मन्त्रालयले थाल्यो अध्ययन


कोरोनाका कारण नेपालमा मृत्यु भएको पुष्टि भएन

File Photo

नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या मन्त्रालले हालसम्म नेपालमा कोरोना भाइरसकै कारण कसैको मृत्यु नभएको बताएकोछ ।

मन्त्रालयको नियमित प्रेस व्रिफिङ्गका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले यस्तो बताएका हुन् । उनले धुलिखेल अस्पतालमा मृत्यु भएकी २९ वर्षिय सुत्केरीको मृत्युको कारण पत्ता लगाउन त्यसतर्फ विज्ञ टोली पठाएको जनाए ।

सुत्केरीको कोरोनाका कारण मृत्यु भएको भन्ने खबर बाहिर आइरहेका बेला मन्त्रालयले थप अध्ययनका लागि टोली पठाएको हो । स्वास्थ्य मन्त्रालयको विज्ञ टोली यतिबेला धुलिखेल गएका छन् ।

मन्त्रालका प्रवक्ता डाक्टर देवकोटाले नियमित मिडिया बिफ्रिङमा धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको कारणबारे अनुसन्धान भइरहकोले त्यसको नतीजा आएपछि मात्र आधिकारिक कारण पत्ता लाग्ने बताए ।

Kanti Aarogya Hospital Nepalgunj

स्वास्थ्य मन्त्रालयको कोभिड—१९ नियन्त्रणका लागि बनाइएकोे ‘इन्सिडेन्ट कमाण्ड सिष्टम’ अन्तर्गतको ‘आइसिएस’ अपरेशनल टोलीका प्रमुख डाक्टर गुणराज लोहनीसहितको चिकित्सकीय टोली अनुसन्धानका लागि धुलिखेल अस्पतालमा गएको मन्त्रालयले जनाएको छ । टोलीले ती महिलाको मृत्युको कारण लगायतका विषयमा आवश्यक विवरण संकलन गर्नेछन् ।

त्रिवि शिक्षण शिक्षण अस्पतालमा वैशाख २३ गते नर्मल डेलिभरी गरेर २५ गते घर गएकी ती महिलालाई श्वासप्रश्वासमा समस्या आएपछि सुरुमा सिन्धुपाल्चोकको स्थानीय अस्पताल र पछि धुलिखेल अस्पतालमा ल्याइएको थियो ।