नेपालगन्ज : ईलाका प्रहरी कार्यालय जमुनाहले लागु औषध सहित एक ट्रक चिनि सीमानाकामा पक्राउ गरेकोछ ।
भारतबाट नेपालगन्जतर्फ आइरहेको चिनि लोड गरिएको ट्रकमा लागुऔषध लुकाईछिपाई ल्याइरहेको बेला जमुनाह प्रहरीले लागुऔषधसहित आईतबार बेलुका पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख सई माधव रिजाल र जिल्ला प्रहरी कार्यालय बाँकेको सिभिल प्रहरीले लागु औषध राखिएको चिनि सहितको उक्त ट्रक पक्राउ गरेको हो ।
सई रिजालका अनुसार ६ सय २० बोरा चिनि लोड गरिएको यूपी ७८ बीसी/२२९५ नम्बरको ट्रक जमुनाह नाकामा चेकजाँच गर्दा चालकको सीटमुनी लुकाइराखेको लागुऔषध ९४ बोतल कोरेक्स बरामद गरिएको हो ।
पक्राउ गरिएको चिनि, ट्रक, लागुऔषध र चालक भारत नानपारा निवासी २३ वर्षिय मोनु खाँलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको सई रिजालले जानकारी दिए ।
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ
कालिकोटमा सरकारी जग्गा व्यक्तिकाे नाममा, अख्तियारले दायर गर्याे आठ जनालाई भ्रष्टाचार मुद्दा
रक्सी खाने पैसा नदिएपछि सुर्खेतमा श्रीमतीको हत्या: सांसद बिकले संसदमा भनिन्- ‘लोकल रक्सी’ बन्द गरौं
बाँकेमा दुई कांग्रेस आमने-सामने
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको उडानले नेपालगन्जसम्म आशा
नेपालगन्जमा गोली हानेर प्रहरीले समात्यो भारतीय लागुऔषध कारोबारी