सांकेतिक तस्विर
नेपालगन्ज: बाँके प्रहरीले थर्ड एलायन्समा कार्यरत मानवअधिकारकर्मी आलम खानलाई पक्राउ गरेको छ ।
आफूलार्ई अधिकारकर्मी भन्दै हिड्ने आलमले सामाजिक सञ्जाल फेसबुकमार्फत समाजमा खलल पु¥याउँने र सद्भाव बिथोल्ने खालका गतिबिधी गरेको उजुरीका आधारमा बुधबार बिहान पक्राउ गरेको बाँके प्रहरीले बताएको छ ।
उनले यसअघि पनि पटक–पटक फेसबुकमार्फत नेपालगन्जमा कायम रहेको सामाजिक सद्भावमा खलल पु¥याउने खालका गतिबिधी र स्टाटस लेख्दै आएको प्रहरीले बताएको छ ।
नेपालगन्जबाट पक्राउ परेका उनलार्ई अनुसन्धान तथा सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ । नेपाल पत्रकार महासंघ बाँकेका जिल्ला कमिटी सदस्य आलमलाई समाचार लेखेकै कारण भने प्रहरीले पक्राउ गरेको होइन ।
उनले मानवअधिकारकर्मीका नाममा सामाजिक सञ्जाल फेसबुकमा सामाजिक सद्भावमा खलल पु¥याउने खालका स्टाटस लेख्ने र यस्ता गतिबिधी गर्ने गराउँने गर्दै आएको भन्ने उजुरीका आधारमा छानबिनका लागि पक्राउ गरिएको बाँके प्रहरी बताउँछ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?