मास्कमा कालोबजारी: ग्लोबल साइन्टिफिक कारबाहीमा


मास्कमा कालोबजारी: ग्लोबल साइन्टिफिक कारबाहीमा

नेपालगन्ज : कालोबजारी गरी मास्कको कारोबार गर्ने नेपालगन्जको एक व्यवसायीक पसललाई कारबाही गरेको छ ।

नेपालगन्जको न्यूरोडमा रहेको ग्लोबल साइन्टिफिक कर्पोरेसनलाई केएन–९५ माक्सलाई ३३ प्रतिशत मुनाफा लिएको र माक्सलाई ५ सय ६५ मा भ्याट सहित बिक्री गरेको तथा इन्फ्रारेट थर्मोमिटर व्यवसायीकहरुको मिलोमतोमा मूल्य बृद्धि गरेको देखिएपछि कारबाही स्वरुप २ लाख रुपैयाँ जरिवाना गराएको हो ।

संयुक्त बजार अनुगमन टोलीले उक्त पसललाई कालोबजारी गरेको भन्दै तल्कालका लागी २ लाख जरीवाना गराइएको बाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यलयका निमित्त प्रमुख कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

बाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यलयको नेतृत्वमा भएको अनुगमनमा बिहीबार भएको अनुगमनले अर्को एक सर्जिकल्स पसललाई पनि कारबाही स्वरुप ६० हजार रुपैयाँ जरिवाना गराएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

विपि चोक नजिक रहेको नेपालगन्ज सर्जिकल्सले पीपिईमा बढी मूल्य लिएर बिक्री गरेको पाइएपछि तत्कालका लागी ६० हजार रुपैयाँ जरिवाना गराइएको उपभोक्ता संरक्षण मञ्च समितिका संयोजक वसन्त गौतमले जानकारी दिए । लकडाउन भएपछि संयुक्त अनुगमन टोलीले अनुगमनलाई तिव्रता दिएको छ ।