नेपालगन्ज : कालोबजारी गरी मास्कको कारोबार गर्ने नेपालगन्जको एक व्यवसायीक पसललाई कारबाही गरेको छ ।
नेपालगन्जको न्यूरोडमा रहेको ग्लोबल साइन्टिफिक कर्पोरेसनलाई केएन–९५ माक्सलाई ३३ प्रतिशत मुनाफा लिएको र माक्सलाई ५ सय ६५ मा भ्याट सहित बिक्री गरेको तथा इन्फ्रारेट थर्मोमिटर व्यवसायीकहरुको मिलोमतोमा मूल्य बृद्धि गरेको देखिएपछि कारबाही स्वरुप २ लाख रुपैयाँ जरिवाना गराएको हो ।
संयुक्त बजार अनुगमन टोलीले उक्त पसललाई कालोबजारी गरेको भन्दै तल्कालका लागी २ लाख जरीवाना गराइएको बाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यलयका निमित्त प्रमुख कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
बाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यलयको नेतृत्वमा भएको अनुगमनमा बिहीबार भएको अनुगमनले अर्को एक सर्जिकल्स पसललाई पनि कारबाही स्वरुप ६० हजार रुपैयाँ जरिवाना गराएको छ ।
विपि चोक नजिक रहेको नेपालगन्ज सर्जिकल्सले पीपिईमा बढी मूल्य लिएर बिक्री गरेको पाइएपछि तत्कालका लागी ६० हजार रुपैयाँ जरिवाना गराइएको उपभोक्ता संरक्षण मञ्च समितिका संयोजक वसन्त गौतमले जानकारी दिए । लकडाउन भएपछि संयुक्त अनुगमन टोलीले अनुगमनलाई तिव्रता दिएको छ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?