डोटीमा क्वारेन्टिनमा रहेका १९ वर्षीए युवकको मृत्यु


डोटीमा क्वारेन्टिनमा रहेका १९ वर्षीए युवकको मृत्यु

नेपालगन्ज: सुदूरपश्चिम प्रदेशको डोटी स्थित एक क्वारेन्टिनमा रहेका युवकको मृत्यु भएकोछ । जिल्लाको केआई सिंह गाउँपालिका–३ को सिताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा बसेका १९ वर्षीय एक युवकको मुत्यु भएको हो ।

भारतको लुधियानाबाट जेठ १९ गते डोटी पुगेका उनी २० गतेदेखि गाउँपालिकाले व्यवस्थापन गरेको उक्त क्वारेन्टिनमा बस्दै आएका थिए ।
आईतबार बिहान करिब ३ बजे उनको मृत्यु भएको बुझिएकोछ । मृत्यु भएका ती युवा मुटु रोगी भएको बुझिएको छ । उक्त क्वारेन्टिनमा तीन महिला सहित १० जना छन् ।

Kanti Aarogya Hospital Nepalgunj

मृतकको स्वाब संकलनका लागि टोली पठाइसकेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । उनले भने, ‘उक्त क्वारेन्टिनमा रहेका १० जनाकै स्वाब संकलन गरी आजै (आईतबार) धनगढी पठाउछौं, साँझसम्म भरसक रिपोर्ट आउँछ ।’ उनले रिपोर्ट नआएसम्म शव नउठाइने जानकारी दिए ।

यतिबेला घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ । स्वाबको नतिजा नआएसम्म शव प्रहरीको निगरानीमा राखिनेछ । हालसम्म नेपालमा १३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । जसमध्ये ११ जनाको मृत्यु पश्चात पीसिआर जाँच गर्दा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।